कोलोराडो, अमेरिका । नेपाल अमेरिका साहित्य संगीत प्रतिष्ठानले आफ्नो तेस्रो श्रृंखला यही अप्रिल ८ शनिवारको दिन पुरा गरेको छ ।
स्रस्टाका कला, गला र सृजनालाई प्रस्तुतिको साझा मन्चको अबधारणा लिएर अघी बढेको यो सस्थाले बिना औपचारिकता सिधै सृजना बाँचन र गायनलाई साथ दिदै आइरहेको छ। सु-प्रसिद्द गयिका रीमा गुरुङ होडाको सभापतित्वमा सानी बहिनी आचल सापकोटाको निर्त्यबाट शुरु भएको थियो ।
धन पौडेलले सन्चाल गरेको उक्त कार्यक्रममा बिभिषिका अधिकारी, समीर आचार्य, गौतम सागर राइ, सरोज भुषाल, धन पौडेल र भुपेन्द्र महतले कबिता, गीत गजल सुनाएका थिए भने ज्ञानेन्द्र काफ्लेले नेपालमा रहेका स्रष्टा श्याम कुमार भट्टराइ र विश्वानाथ प्रेमको रचना र भुपेन्द्र महतले लक्ष्मी थापाको गजल बाचन गर्नु भएको थियो ।
गायिका कमला श्रेष्ठ र नेपाली संगीतलाई अन्तरराष्ट्रिय स्तर सम्म पुर्याउने बिजय बैधलाई स्रदान्जली अर्पण गरिएको थियो। सुन्ने र सुनाउने यो सस्थाको प्रगतिको कामना गर्दै आफ्नो सुरिलो गलामा गयिका रीमा गुरुङले गगन गुरुङको शब्दमा रहेको सुमधुर गीतलाई पहिलो पटक मन्चमा गाउँदै कार्यक्रमको बिट मर्नु भएको थियो । समान हैषियत र अबसर प्रदान गर्ने लक्ष लिएको यस सस्थाको आगामी कार्यक्रम भुपेन्द्र महतले सन्चालन गर्ने जिम्मा दीइेएको छ।