छैटौं दक्षिण एशियाली ट्रायथोलन र दुवाथलन च्याम्पियनसिप पोखरामा (भिडियो)

छैटौं दक्षिण एशियाली ट्रायथोलन र दुवाथलन च्याम्पियनसिप पोखरामा (भिडियो)
खेल जनसरोकार समाज

पोखरा, १५ बैशाख । सुन्दर पर्यटकिय नगरी पोखरामा छैटौं दक्षिण एशियाली च्याम्पियनसिप तथा आठौं राष्ट्रिय ट्रायथोलन प्रतियोगिता सम्पन्न भएको छ । नेपाल ट्रायथोलन संघको आयोजना र कास्की जिल्ला ट्रायथोलन संघको व्यबस्थापनमा उक्त प्रतियोगिता सम्पन्न भयो ।

प्रतियोगितामा पहिले, दोश्रो र तेश्रो हुनेहरुलाई एक भब्य समारोहका बिच प्रतियोगितामा बिजेता खेलाडीले मेडल तथा प्रमाणपत्र बितरण गरियो । भारतीय खेलाडी मनिचन्द्र सिंह र समीरा मारीहाम अब्राहमले स्वर्ण पदक जितेका छन । ७५० मिटर पौडी, १० किमी साकिलिङ र ५ किमी दौड ५८ मिनेट २ सेकेन्डमा पुरा गरी मनिचन्द्रले स्वर्ण जित्न सफल भए भने भारतकै बिश्वराज साइखामले उक्त दुरी ५९ मिनेट ५७ सेकेण्डमा पार गरी रजत पदक जितेका छन । नेपालका बसन्त चौधरीले १ घण्टा १ मिनेट २ सेकेन्डमा उक्त दुरी पार गरी कास्य पदक प्राप्त गर्न सफल भए । महिला तर्फ उक्त दुरी भारतीय खेलाडी समिराले १ घण्टा ४ मिनेट ५० सेकेन्डमा पुरा गरी स्वर्ण पदक जितिन भने भारतकै प्रग्न्या मोहनले १ घण्टा ८ मिनेट ४२ सेकेन्ड दुरी पार गरी रजत तथा नेपालकी सोनी गुरुङले १ घण्टा १३ मिनेट ८ सेकेन्डमा दुरी पार गरी कास्य पदक प्राप्त गर सफल भइन । नेपाल पर्बतिय खेलखुद अन्तर्गत भएको प्रतियोगिताको ८औ राष्ट्रिय ट्राइयाथलन प्रतियोगिता तर्फ पुरुषमा नेपाली सेनाका बसन्त चौधरी, दिपेस चौधरी, रुद्र कटुवालले क्रमश स्वर्ण, रजत र कास्य पदक जित्न सफल भए ।

 

Post Comment