तेस्रो पटक गिनिज वल्र्ड रेकर्ड राख्ने तयारीमा ठकुरी

तेस्रो पटक गिनिज वल्र्ड रेकर्ड राख्ने तयारीमा ठकुरी
खेल

 काठमाडौंको नयाँ बानेश्वरमा जन्मेका शितो–रियोका खेलाडी उज्जवल ठकुरीले सन् १९९० देखि नै खेलमा प्रवेश गरेका हुन् । तत्कालीन समयमा प्रतियोगिताहरुमा भाग लिन आफ्नो सीप र क्षमता भन्दा बढीढि भनसुन गर्नु परेको कारण उनले नेपालमा रहँदा कुनै पनि प्रतियोगिताहरुमा भाग लिएनन् । उनले भनेका छन्, ‘म खेलमा विश्वास गर्छु तर कुनै प्रकारको चाकडी प्रथामा म विश्वास गर्दिन । त्यसैले मैले नेपालमा रहँदा कुनै पनि प्रतियोगितामा भाग लिइन ।’

खेलाडी ठकुरीका अनुसार यहि सेप्टेम्बर ९ मा बिहान ११ बजे डिसी क्षेत्रमा रहेको नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसीसी) को प्राङ्गणमा तेश्रो विश्व रेकर्ड कायम गर्न प्रस्तुती गर्ने भएका छन् ।

उनले दुर्इवटा मेचहरुमा आफ्ना दुवै खुट्टालाई फटाएर दाँतले ९० पाउण्ड र ४९.९७ पाउण्ड शरिरमा राखी जम्मा १३९.९७ पाउण्ड उचालेर खेलाडी ठकुरीले तेश्रो गिनिज वल्र्ड रेकर्ड राख्ने तयारी गरिरहेका हुन् ।

उनले सन् २०१७ मा पहिलो गिनिज विश्व रेकर्ड कायम गरेका र सोही वर्ष आफ्नै रेकर्ड तोडदै दोस्रो विश्व रेकर्ड कायम गरेका थिए । यो पटक ठकुरीले एक मिनेटको अवधि भित्र ५३ वटा भन्दा बढी अण्डा किक हानेर फुटाउने जनाएका छन् ।

ठकुरीले भने, ‘सुन्दा सामान्य लागे पनि ६० सेकेण्डमा करिब ६० वटा अण्डा फुटाउनु भनेको एक सेकेण्ड भन्दा कम समयमा एक किक हान्नु पर्ने असामान्य काम नै हुनेछ। ‘स्पिडिङ्ग किक’ हानेर भित्तामा झुण्ड्याइका अण्डाहरु फुटाएर तेश्रो विश्व रेकर्ड राख्ने तयारी गरिरहेको छु। मलाई आशा छ, समुदायका सबै व्यक्तिहरुको हौसलाले म यो काम गर्न सक्छु ।’

सन् २००१ मा अमेरिका पुगेका ठकुरीले सन् २०१३ सम्म खेलमा संलग्न भएनन् । तर सन् २०१४ मा भएको एक घटना पश्चात उनले आफू भित्र भएको क्षमतालाई पुर्नजीवन दिन सुरु गरेका थिए ।

ठकुरीको खेल र विशेष सिर्जनात्मक प्रदर्शनहरुबाट प्रभावित भएर अमेरिकन मार्शल आर्ट असोसियसनले ‘लिजेन्ड अवार्ड–२०१७ र २०१८’ ले सम्मान गरेको छ । यसैगरि भर्जिनियामा ‘एच के ली नेस्नल टाइक्वाण्डो टुर्नामेन्ट’मा स्वर्ण पदक तथा ‘वल्र्ड कप फाइनल’मा समेत स्वर्ण पदकबाट सम्मानित भएका छन्

Post Comment