पाँच महिनाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजाअर्चनाका लागि पुगेका थिए। त्यतिबेला मुक्तिनाथ मन्दिर परिसरबाट टेलिभिजनहरुले लाइभ टेलिकास्ट गरेका थिए। मन्दिरभित्र मूर्ति देखिने गरी पूजाआजा गरेका फोटो पनि सार्वजनिक भए। यसअघि मन्दिरभित्र फोटो र भिडियो खिच्न प्रतिबन्ध थियो। यस पटक मुक्तिनाथ पुग्दा भने फरक दृश्य देख्न पाइयो। मानिसहरु मन्दिरभित्रै फोटो खिचिरहेका थिए। मोदीका कारण मुक्तिनाथमा फोटो खिच्न नपाउने प्रतिबन्ध हटेको रहेछ।
मुक्तिनाथको मूर्तिसहित भारतीय सरकारी एजेन्सीले सार्वजनिक गरेको मोदीको फोटो।
हुन पनि अब फोटो खिच्न नदिँदा मोदीलाई चाहिँ खिच्न दिने, हामीलाई चाहिँ नदिने भनेर विरोध होला भन्ने डर। त्यसैले फोटो खिच्न दियो आनन्द भन्ने लाग्या हो कि मन्दिर व्यवस्थापकहरुलाई।
तर फोटो खिच्न दिए पनि भित्तामा राखिएका सूचनाहरुमा भने फोटो नखिच्न नै अनुरोध गरिएको छ।
त्यसो त मूर्तिको फोटो खिच्न नै नपाइने भन्ने हैन। यसअघि पनि मुक्तिनाथ वरपर मूर्तिका फोटोहरु बेच्न भने राखिएका हुन्थे। यस्तो छ फोटो-