पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टन विजयी बनेको छ । चितवन राईनोजले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले पल्टन १९.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टाएको थियो ।
पीपीएलको विजेता पोखरा पल्टनले ट्रफिसहित २७ लाख नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको चितवन राइनोजले १० लाख नगद हात पार्यो । ९० रन बनाएका पोखरा पल्टनका रवि इन्दर सिंह म्यान अफ दि म्याच घोषित बने ।