अब ‘श्री ५ ओली सरकार’ लेख्न मात्र बाँकी छ : सीपी गजुरेल

अब ‘श्री ५ ओली सरकार’ लेख्न मात्र बाँकी छ :  सीपी गजुरेल
राजनीति

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिस्टको दुई तिहाई बहुमत देशका लागि अभिशाप सावित भएको दाबी गरेका छन् ।

ओली सरकारले जतिसुकै गम्भिर गल्ती गरेपनि दुई तिहाईको सरकार हट्न नसक्ने अवस्था नरहेको भन्दै उनले अब आन्दोलन गर्नुको विकल्प नभएको बताए । ‘यो सब हुँदाहुँदै पनि यो सरकार ढल्नेवाला छैन । संविधानमै यस्तै ब्यवस्था छ’ उनले भने, ‘ओली तानाशाही र प्रमुख प्रतिपक्षी रुजेको बिरालो जस्तो भयो ।’

शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दैै क्रान्तिकारी माओवादीका नेता समेत रहेका गजुरेलले भने, ‘अहिले सरकार नयाँ युगको कुरा गर्दै पोलपोलमा फोटो राखिएको छ । अबश्री ५ केपी ओली सरकार लेख्न मात्रै बाँकी छ ।’

अध्यक्ष गजुरेलले अब आन्दोलनको आँधीबेहरी ल्याउने बेला भएको बताए । सरकारले गरेका गैरनैतिक कुरालाई दबाव दिन पनि आन्दोलन आवश्यक भएको भन्दै उनले देशभक्त गणतान्त्रिक मुक्ति मोर्चा बनाएर आन्दोलनको तयारीमा जुटेके बताए ।

करको दायरा फराकिलो बनाउने बहानामा दुनियामा नै नभएको विभिन्न दरहरु बढाएकोमा समेत गजुरेलले आपत्ति जनाए । निर्मला पन्त हत्या काण्डमा सरकार पूर्णरुपमा नै असफल भएको नेता गजुरेलको दाबी छ ।

Post Comment