सनसनीपूर्ण पर्दाफास: नेकपासम्बद्ध विद्यार्थी नेताहरु यसरी घुस लिन्छन् ,आन्दोलनका नाममा पैसा बार्गेनिङ !

सनसनीपूर्ण पर्दाफास: नेकपासम्बद्ध विद्यार्थी नेताहरु यसरी घुस लिन्छन् ,आन्दोलनका नाममा पैसा बार्गेनिङ !
जनसरोकार

विद्यार्थीहरुको हक हितका लागि राजनीति गर्ने विद्यार्थी नेता र कजेल मिलेर ४० विद्यार्थीको भविष्य अन्यौलमा परेका छन् । सिटिइभिटीबाट अनुमति लिएर भक्तपुरमा सञ्चालित भक्तपुर टेक्निकल कलेजले १८ महिने अनमी कोर्षका लागि बढी शुल्क लिएको भन्दै विद्यार्थीले विरोध गरेका थिए ।

सिटिइभिटीले कलेज शुल्क १ लाख २० हजार तोके पनि कलेजले पुस्तक, ड्रेस तथा होस्टलको नाममा २ लाख बढी शुल्क लिएको विद्यार्थीको गुनासो छ ।
विद्यार्थीहरुको यही समस्या अखिल क्रान्तिकारी र अनेरास्ववियुका विद्यार्थी नेताहरुलाई कमाई खाने भाँडो बनेको पुष्टी भएको छ । विद्यार्थीहरुले हाम्रो कार्यालयमा आएर गुनासो गरेपछि हाम्रो टिम रिपोर्टिङका लागि कलेज र सिटिइभिटीको कार्यालयमा पुगेको थियो । हामी कलेजमा पुग्दा कलेजकी सञ्चालक सिन्धु मल्लले अखिल क्रान्तिकारी सिटिइभिटी अन्तरगतका विद्यार्थी नेताहरुलाई ४ लाख बुझाएर आएको बताउँदै थिइन ।

उनले अनेरास्ववियु सिटिइभिटी राष्ट्रिय कमिटिका अध्यक्ष रमेश सिंह ठकुरी, अखिल क्रान्तिकारी सिटिइभिटी उपत्यका जिल्ला कमिटिका अध्यक्ष नुर्वु लामा र महेन्द्र हमालले विद्यार्थीको आन्दोलन र वार्ताका नाममा आँफूसँग पैसा बार्गेनिङ गरेर लिएको उनको आरोप छ । उनको आरोपलाई पुष्टी गर्ने अडियो र भिडियो समेत प्राप्त भएको छ । कक्षा सञ्चालन भइरहेको समयमा नै विद्यार्थी नेताहरु जबरजस्ती कक्षा कोठामा छिरेर विद्यार्थीलाई आन्दोलनका लागि उस्काएको भिडियो भेटिएको छ ।

उनिहरुले पैसा बुझ्नका लागि अर्का बिद्यार्थी नेता महेन्द्र हमाललाई पठाए र उनले १० बजे कौशलटारमा भेट्ने सहमती गरे । ४ लाख दिने सहमति भएपछि कलेज सञ्जालक पैसा लिएर कौशलटार तर्फ जान्छन् भने चोकमा उनलाई कुरेर बसेका विद्यार्थी नेताहरुसँगै जान्छन् । होटल भित्र उनीहरुको पैसाको हिसाब किताब गर्छन् ।

महेन्द्र हमालले आँफूहरुले न्यज २४ लाई खबर नगरेको भन्दै संगठनले विद्यार्थीको लागि काम गरेको भनिदिनुस् भन्न लगाए । र उनले पैसा लगेर रमेश सिंह ठकुरी र नुर्वु लामालार्ई दिएको बताउँछन् । पैसा लिइसकेपछि विद्यार्थी नेताहरुले अब बिद्यार्थीका अघि आँफूहरु झगडा गरे जस्तो गर्ने र विद्यार्थीलाई भोलिपल्टै पठाइदिने सहमती गरे । हामीसँग कुरा गर्दै गर्दा उनलाई फेरी विद्यार्थी नेताको फोन आयो । न्युज २४ टेलिभिजनको टिम कलेजमा आएको थाहा पाएपछि आँफूहरु सार्वजनिक व्यक्ति भएको भन्दै वार्ता गर्न सिटिइभिटी आउन लगाए ।

कलेज सञ्चालकको टिम सिटिइभिटीमा पुग्दा उनै विद्यार्थी नेताहरुले आक्रमण गरे कजेल सञ्चालकलाई । प्रहरीका समुन्ने यसरी कुटपिट हुदा पनि प्रहरी मुखदर्शक बनेको प्रहरीले झगडा छुटाउनत खोज्दा दोषीलाई नियन्त्रणमा लिएन् । कुटपिट गर्ने व्यक्ति प्रहरीकै अघि भाग्छन् ।

राजनीतिक संरक्षणका आडमा कुटपिट गर्ने व्यक्तिलाई समाउनु पर्दैन भनि सोध्या प्रहरी जवाफ दिनै मान्दैनन् । उल्टो हामीलाई कार्ड देखाउन भन्छ । हामीले रिपोर्टिङ गर्न लागेको जानकारी पाएपछि अहिले विद्यार्थी नेताहरुले न्युज २४ टेलिजिनलाई अडियो र भिडियो रेर्कड किन दिएको भन्दै कजेल सञ्चालकलाई धम्काइरहेका छन् । यो विषयमा सिटिइभिटीले छानबिन गरी कलेजलाई स्पष्टीकरण सोधेको जनाएको छ ।

News24Nepal.TVबाट

Post Comment