पञ्जावलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

पञ्जावलाई हराउँदै चेन्नई शीर्ष स्थानमा
खेल

चेन्नई सुपर किंग्स भारतमा जारी आइपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा किंग्स–११ पञ्जावलाई २२ रनले पाखा लगाउँदै चेन्नईले शीर्ष स्थानमा आफूलाई पुनः कायम गरेको हो ।

चेन्नईले दिएको १ सय ६१ रनको लक्ष्य पच्छाइको पञ्जाव निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रन मात्र जोड्न सक्यो । पञ्जावका लागि लोकेश राहुलले ५५ तथा सार्फराज खानले ६७ रन जोडे पनि टिमको हार टार्न सकेनन् । क्रिस गेल ५ र मंयक अग्रवाल शून्यमा आउट भए। बलिङमा चेन्नईका हरवजन सिंह र स्कट कुगेलेजिनले २–२ विकेट लिए।

त्यसअघि पहिले व्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनाएको थियो । उसका लागि फाप डु प्लेसिससले ५५ रन जोडे भने महेन्द्रसिंह धोनीले नटआउट ३८ र अम्बाती रायदुले नटआउट २१ रन जोडे।

जितसँगै चेन्नई ५ खेलमा ४ जितसहित ८ अंक जोडेर शीर्ष स्थानमा छ। पञ्जावको ५ खेलमा ३ जितसहित ६ अंक छ।

Post Comment