श्वकप क्रिकेटमा आज आयोजक इंग्ल्यान्डले प्रतियोगिताकै कमजोर मानिएको अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
म्यान्चेस्टरमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा इंग्ल्यान्डले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्ड चौथो जितको खोजिमा हुनेछ भने अफगानिस्तान पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ ।
अफगानिस्तानले अहिलेसम्म चार खेल खेलिसक्दा पनि जित हात पार्न सकेको छैन । अंकविहीन बनेको अफगानिस्तानलाई ठूलै चूनौती परेको छ । पहिलो खेलमा अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको अफगानिस्तान दोस्रो खेलमा श्रीलंकासँग ३४ रनले हारेको थियो । त्यस्तै आफ्नो तेस्रो खेलमा न्युजिल्यान्डसँग ७ विकेटले र चौथो खेलमा दक्षिण अफ्रिकासँग ९ विकेटले अफगानिस्तान पराजित भएको थियो ।
यता, इंग्ल्यान्डले भने आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेकेा थियो । तर आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग इंग्ल्यान्ड १४ रनले हारेको थियो । त्यसपछि बंगलादेशलाई १०६ रनले हराएको इंग्ल्यान्डले आफ्नो चौथो खेलमा वेष्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको थियो ।
इंग्ल्यान्डको ब्याटिङ र बलिङ उतिकै राम्रो छ । तर अफगानिस्तानको बलिङ उत्कृष्ट भएपनि ब्याटिङमा चल्न सकिरहेको छैन ।
इंग्ल्यान्ड टिम
इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, टोम कुरान, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डवसन ।
अफगानिस्तान टिम
गल्बादिन नाइब (कप्तान), अफतब आलम, अस्घर अफगान, दवालत जद्रान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नावी, मोहम्मद शाहजाद, मुजिब उर रहमान, नजिबुलाह जद्रान, नोर अली जद्रान, रहमत शाह, राशिद खान, समिउल्लाह शिनवारी ।