आजको राशिफल: २०७६ असार २६ गते

आजको राशिफल: २०७६ असार २६ गते
आजको राशिफल

वि.सं. २०७६ आषाढ २६ गते बिहीबार तदनुसार ई. सं. २०१९ जुलाई ११ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको चाडपर्व र उत्सव : विश्व जनसंख्या दिवस, मन्वादि, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), चूडाकर्म(छेवर), अक्षरारम्भ, वस्त्राभरण(गुन्युचोलो), घर छाउने/ढलान गर्ने, डेरा सर्ने, कलशचक्र, आषाढ शुक्लपक्ष (दिल्लाथ्व) दशमी तिथि, मध्यरात्रीपछि ०३:३० बजेसम्म, त्यसपछि एकादशी तिथि, स्वाती नक्षत्र, साँझ ०७:१४ बजेसम्म, त्यसपछि विशाखा नक्षत्र, चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त), सिद्धि योग, दिउँसो १२:०३ बजेसम्म, त्यसपछि साध्य योग, सुरुमा तैतिल करण दिउँसो ०४:१८ बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपछि ०३:३० बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : स्थिर, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : उत्तर, वारशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:१७ बजे, सूर्यास्त : साँझ ०७:०१ बजे, दिनमान : ३४ घडी १९ पला (१३ घण्टा ४४ मिनेट, रात्रीमान : २५ घडी ४१ पला (१० घण्टा १६ मिनेट)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आत्मबल र उत्साहमा बृद्धि हुने दिन छ । उचित समयमा गरिएको निर्णयले उम्किन लागेको काम बन्नेछ । आफन्तजनसँग आत्मीयता बढ्ने छ । तर्क, विवाद र बहसमा विजयी भइने छ । आशा गरेअनुरूप सहयोगी जुट्ने छन् । गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । गृहिणीहरूका लागि दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ, पतिका साथमा वा पारिवारिक भ्रमणमा कतै घुमघामको अनुकूलता मिल्नसक्छ । छात्रछात्राले नयाँ ज्ञान सिक्ने मौका छ ।

शुभरङ्ग : सुन्तले

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : विष्णुलक्ष्मी

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : २

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल

के नगर्ने : परिवारको बेवास्ता

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । मातृधन र पैत्रिक सम्पत्तिको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । छात्रछात्राले पढाइमा त्यति मन नलगाए पनि कुनै न कुनै नयाँ कुरो सिक्ने मौका छ । बन्दव्यापार गर्नेहरूलाई सामान्य रूपमा फाइदा नै हुनेछ । कामदारहरूको श्रमको उचित मूल्याङ्कन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । आज आवेश र घमण्डमाथि नियन्त्रण गर्न सकिंदैन, हतारमा स्वनिर्णयमा गरेको कामबाट फाइदा हुने देखिंदैन, त्यसैले संयम हुँदै कुनै पनि निर्णय गर्नुअघि जान्नेबुझ्नेको राय ग्रहण गरेमा उपलब्धी हात पर्नेछ ।

शुभरङ्ग : छिर्केमिर्के बुट्टे

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : गणेश

अशुभ रङ्ग : सुन्तले/गुलाबी

अशुभ अङ्क : १

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : खानपानमा नियन्त्रण

के नगर्ने : आवेग, घमण्ड र क्रोध

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । कीर्तिमानी काम गरी प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् र आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ । विद्यार्थी र किशोर/किशोरीका लागि आफन्त र सँगीसाथीको सहयोग र सद्भाव प्राप्त हुनाले नचिताएको काम बन्न सक्छ । गृहस्थीहरूले आज कमाएको धन दीर्घकालिक प्रयोजनका लागि खर्च गर्नेछन् । आज सबैका लागि पुरानो समस्यालाई निवारण गरी अघि बढ्ने समय हो । गृहिणीहरूले माइतीपक्षको शुभ समाचार सुन्न पाउने छन् ।

शुभरङ्ग : गाढा हरियो

शुभअङ्क : ५

शुभदिशा : पूर्व

इष्टदेवता : सूर्यदेव

अशुभ रङ्ग : कालो

अशुभ अङ्क : ३

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः

न्यूनतम जापसङ्ख्या : ०७

के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने

के नगर्ने : अल्छी र अकर्मण्यता

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
चन्द्रमा चौथो भावमा पुगेको छ, बनिसकेको काम बिग्रन सक्छ, सचेत भई काम गर्नुपर्ने दिन छ । स्वास्थ्यमा कमजोरीको अनुभूति हुनसक्छ, तर कामधन्दा र जिम्मेवारीमा कमी आउने छैन । बाध्यतापूर्ण काममा समय बित्न सक्छ । श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूले धोका दिन सक्छन् । जान्नेबुझ्नेको सहयोग र सद्भाव पाउन गाह्रो हुन्छ, उता व्यावसायिक काममा खर्च बढ्ने र काम पूरा नहुनाले खिन्नता बढ्ने समय पनि छ । अतः होसियारीसाथ काम लिनुपर्ने समय छ । यद्यपि सेवामूलक कामबाट प्रतिष्ठा मिल्न सक्छ । विदेशमा बस्नेका लागि नचिताएको आम्दानी हुने वा कामबाट फुर्सदिलो भएर मनोरञ्जन गर्ने दिन छ ।

शुभरङ्ग : गाढा रातो

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : शिवर्पावती

अशुभ रङ्ग : गाढा नीलो

अशुभ अङ्क : २

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने

के नगर्ने : गोपनीयता भङ्ग

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सामाजिक र परोपकारी कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिने राम्रो दिन छ । रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरी छाडिने छ । धैर्य एवं लगनशीलताले फाइदा दिलाउनेछ । सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पुनः प्रारम्भ गर्न सकिने छ । परिवारजनका आकाङ्क्षा पनि पूरा गर्न सकिने छ । छात्रछात्रा र अध्येताहरूका लागि आज प्राज्ञिक क्षमता बढ्ने समय देखिन्छ ।

शुभरङ्ग : गाढा हरियो

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : हनुमान्

अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे

अशुभ अङ्क : १

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने

के नगर्ने : साथीभाइको बेवास्ता

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र करकुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । अनुकूल स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । प्रयत्न गर्दा मनग्ये फाइदा उठाउन सकिने दिन छ । प्रेम र मित्रताको बन्धन कसिनाले मन प्रसन्न रहनेछ । सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्व निखार्न सकिने छ । विद्यार्थीहरूले मौखिक क्रियाकलापमा सफलता कमाउने दिन हो तर गृहिणीहरूले बाझोजुझोबाट टाढा रहनु जाति हुन्छ ।

शुभरङ्ग : सेतो वा उज्यालो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : लक्ष्मी माता

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : ९

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी

के नगर्ने : बोलीवचनमा कडापन

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । रोकिएका काम बन्नाले मनग्ये लाभ हुनेछ । चुनौती पन्छाएर पनि काम बनाउन सकिने छ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ । छात्रछात्राहरूका लागि नयाँ ज्ञान प्राप्त हुने योग छ, पढाइमा प्रगति हुनेछ । गृहिणीहरूको मन फुरुङ्ग हुने समय छ, इष्टमित्रको साथसहयोग मिल्नेछ ।

शुभरङ्ग : हलुका रातो

शुभअङ्क : ५

शुभदिशा : पूर्व

इष्टदेवता : गणेश

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ८

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : मन उत्ताउलो नबनाउने

के नगर्ने : हतारमा निर्णय

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बाह्रौं भावमा चन्द्रमा भए पनि अन्य ग्रहको लाभकारी दृष्टि परेकाले अत्तालिई हाल्नु पर्ने परिस्थिति छैन । हरदम सचेत र सतर्क रहनु पर्छ, नत्र समयमा होस नपुग्नाले हुनै लागेको आम्दानीमा बाधा पुग्न सक्छ । शत्रु र प्रतिस्पर्धीको चलखेललाई सँगीसाथीको मद्दतले तोड्न सफल भइने छ । व्यापारीहरूले होसियारीसाथ काम लिनुपर्ने समय छ, तर लगानीको उचित प्रतिफल प्राप्त हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । परदेशमा बस्नेहरूले रामरमाइलो र घुमघामको अवसर पाउने छन्, तर केही रकम खर्च गर्नुपर्ने परिस्थिति बन्नसक्छ । छात्रछात्राले गरेको कडा मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : कालभैरव

अशुभ रङ्ग : हरियो/चम्किलो

अशुभ अङ्क : ७

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी

के नगर्ने : याचकको अपमान

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
लाभ भावमा चन्द्रमा पुगे पनि आशलाग्दो समय देखिंदैन, यद्यपि कृषि तथा पशुपालनका क्षेत्रमा सोचेको लाभ प्राप्त हुनेछ । कडा मिहिनेत र लगनशीलताका कारण रोकिएका काम समेत सम्पादन हुनेछन् । प्रयास गर्दा नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । तर ईर्ष्या गर्नेहरूले सताउने दिन छ, बेलुकीपख अर्थअभावले गर्दा आँटेका काममा बाधा हुनसक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । विद्यार्थी र युवायुवतिले सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ ।

शुभरङ्ग : सेतो वा सुन्तले

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : शिवजी

अशुभ रङ्ग : घिउरङ्ग/बैजनी

अशुभ अङ्क : ६

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने

के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । आस मारेको फल पुनः प्राप्त हुनसक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । पछाडि बसेर कुरा काट्नेहरू अब चुप लाग्नेछन् । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । गृहिणीहरूले सन्तान पक्षबाट सहयोग पाउने समय हो । व्यवसायीहरूका लागि उद्योगधन्दा र व्यापारमा विशेष फाइदा हुने समय छ । विद्यार्थीहरूले प्रतिस्पर्धीलाई उछिन्ने समय छ ।

शुभरङ्ग : नीलो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : भोलेशङ्कर

अशुभ रङ्ग : कलेजी

अशुभ अङ्क : ५

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने

के नगर्ने : उदासीनता/नैराश्यता

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मिश्रित प्रभाव भएको दिन छ । यद्यपि आज आत्मविश्वास र हिम्मतका साथ अघि बढेमा भाग्यभावमा रहेको चन्द्रमाले साथ दिनेछ, कीर्तिमानी काम सम्पादन हुनसक्छ । कडा मिहिनेतपछि चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । माङ्गलिक कार्य सम्पन्न गर्दा खर्चबर्चमा नियन्त्रण गर्न सकिंदैन । फजुलको यात्रा र घुमघामको सम्भावना पनि देखिन्छ । घरिघरि मनमा निराशा र वैराग्यका बादल मँडारिने सङ्केत छ । जुनसुकै काम गर्दा सचेत र सावधान भएर गर्नुपर्छ, किनभने जस पाउने समय छैन, गरेका कामको सर्वत्र आलोचना हुनसक्छ ।

शुभरङ्ग : बैजनी वा पहेंलो

शुभअङ्क : १

शुभदिशा : पूर्व

इष्टदेवता : विष्णु

अशुभ रङ्ग : चम्किलो/उज्यालो

अशुभ अङ्क : ४

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : कुलधर्म र परम्पराको अनुसरण

के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अष्टमस्थ चन्द्रमा रहेकाले इच्छाशक्ति जागे पनि चाहना पूर्ण हुने छैनन् । काममा अनावश्यक प्रतिस्पर्धा र वादविवादमा रुमल्लिने समय आएको छ । आज विरोधी र प्रतिद्वन्द्वीहरूले तपाईंलाई अप्ठ्यारोमा पार्न ठूलै चलखेल गर्ने सङ्केत छ । त्यसैले सचेत हुनुपर्छ, जुनसुकै काम गर्दा चुनौतीको सामना गर्नुपर्ला । विपरीत लिङ्गीहरूबाट पनि सजग रहनुहोला । आर्थिक रूपमा नोक्सानी हुनसक्छ । कामबाट समुचित मूल्याङ्कन प्राप्त हुँदैन । परिवारजनसँगको आत्मीयतामा पनि कमी आउने छ । प्रेमसम्बन्ध र मित्रताको बन्धन खुकुलो बन्न सक्छ । प्रयत्न गरेको काम समयमा सिद्ध्याउन सकिंदैन । बाटो काट्दा वा सवारी हाँक्दा सचेत हुनुपर्छ ।

शुभरङ्ग : ध्वाँसे

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : सङ्कटा देवी

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ३

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यै नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : नैराश्यभाव त्याग गर्ने

के नगर्ने : तीव्रगति र हडबड

Post Comment