उपमहानगरपालिकाका चार कर्मचारीद्वारा राजीनामा

समाचार

 

विराटनगर, ४ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले विराटनगर उपमहानगरपालिकाका कर्मचारीको शैक्षिक योग्यताको प्रमाणपत्रको माग गरेपछि अहिलेसम्ममा चारजना कर्मचारीले राजीनामा दिएका छन् ।

आफ्नो पदबाट राजीनामा दिनेहरूमा खरिदारद्वय विनोदकुमार तिम्सिना, मनोजकुमार दास, कार्यालय सहयोगी गोविन्दप्रसाद नेपाल र प्लम्बर जगदीश कामत रहेको विराटनगर उपमहानगरपालिकाले जनाएको छ ।प्रशासन शाखाका नन्दीकेश्वर भण्डारीले यस कार्यालयबाट १२५ जना कर्मचारीको शैक्षिक योग्यताका प्रमाणपत्र अख्तियारमा पठाइएको र राजीनामा दिनेहरूले आफ्नो स्वेच्छाले राजीनामा गरेको बताउनुभयो । रासस

Post Comment