कोलोराडोका समाजसेवी, मृदुभाषी, प्रष्टबक्ता जगन्नाथ गौतमको आज बैदिक बिधीपुर्वक अन्तिम संस्कार सम्पन्न गरिएको छ ।
अन्तिम संस्कार गर्नु अघि श्रद्धान्जली सभा गरिएको थियो । स्वर्गिय गौतमको संझनामा एक मिनेट मौन धारण गर्दै सुरु गरिएको श्रद्धान्जली सभामा बिभिन्न बक्ताहरुले शोक मन्तब्य दिदै गौतमलाई संझेका थिए ।
यसरी शोक मन्तब्य दिनेहरुमा एनआरएन अमेरीकका उपाध्यक्ष डीलु पराजुली, एनआरएन अमेरीकका केन्द्रिय सदस्य लिलाराज ढूङ्गाना, नेपाली जनसम्पर्क कोलोराडो च्याप्टरका अध्यक्ष गणेश भण्डारी, केन्द्रिय सदस्य गोबिन्द लम्साल, नेपाली घरका सल्लाहकार समाजसेवी पूरुषोत्तम पाण्डे, नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकाल, रकी माउन्टेण्ड फ्रेण्डस् अफ नेपालका अध्यक्ष अर्जन बगाले, निवर्तमान अध्यक्ष टिका पौडेल, नेपाली घरका महासचिव भोला कटुवाल लगायतका धेरै बक्ताहरु रहेका थिए ।
कार्यक्रममा एनआरएन अमेरीकाका अध्यक्ष बुद्धीसागर सुबेदीले पठाएको शोक बक्तब्य उपाध्यक्ष डीलु पराजुलीले र नेपाली जनसंम्पर्क समिती अमेरीकाका अध्यक्ष आनन्द बिष्टले पठाएका शोक बक्त्तब्य केन्द्रिय सदस्य गोबिन्द लंसालले पढेर सुनाएका थिए । त्यसैगरी कार्यक्रममा ज्ञानेन्द्र पौडेलले स्वर्गिय गौतमको छोटो परिचय गराएका थिए । गौतमको परिवारका तर्फबाट उनका छोरा निरजले बुवाको निधनले परिवारमा ठुलो बज्रपात परेको, यस दुखद घडीमा साथ सहयोग गर्नहुने सबैलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमको दोश्रो सत्रमा त्यहां उपस्थित उनका श्रीमती छोरा, आफन्त कार्यक्रममा सहभागी गौतमका शुभचिन्तक सबैले उनको पार्थिव शरिरमा फुलगुच्छा चढाई अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए । जिवनभर नेपाली कांग्रेशमा आस्था राखेका गौतमलाई नेपाली कांग्रेसको चारतारे झण्डा ओडाई अन्तिम बिदाई गरिएको थियो । त्यसपछी उनलाई बैदिक बिधी पूर्वक उनका छोराले दागबत्ती दिएका थिए ।
श्रद्धान्जली सभामा गन्यमान्य, बुद्धिजिवी, नेपाली संघ संस्थाका प्रतिनिधी, परिबार, आफन्त, उनका साथीभाई, पत्रकार, ब्यवसाही, सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रम प्रेम रेग्मीले संचालन गरेका थिए । नेपालमा रहदा देखि नै बिभिन्न सामाजिक संघ संस्थाहरुमा रही समाज सेवा गरेका गौतम, अमेरीका आएपछि पनि बिभिन्न संघ संस्थामा आबद्ध थिए । सधै सबैलाई समाजीक सेवामा लाग्न प्रेरित गर्ने उनको स्वभाव रहेको थियो ।
कोलोराडोका अग्रणी सामाजिक व्यक्तित्व गौतम हाल एनआरएन अमेरिकाको अनररी काउन्सिल मेम्बर, एनआरएन अमेरिकाको पूर्व सल्लाहकार , जनसम्पर्क समिति अमेरिकाका पूर्व केन्द्रीय सदस्य, लायन्स क्लब अफ अन्नपूर्ण बर्कलि क्यालीफ़ोर्नियाका पूर्व सभापति , एन आर एन कोलोराडो च्याप्टरका पूर्व सल्लाहाकार रहेका थिए ।
नेपालको कास्की, पोखरा जन्म घर भई बिगत लामो समय देखी श्रीमती निरा र छोरा निरज संगै कोलोराडोमा बसोबास गर्दै अएका जगन्नाथ गौतमको ६० बर्षको उमेरमा निधन भएको हो ।