नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालका बाढी-पहिरोपीडित जनताहरूलाई सरकारले बेवास्ता गरेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले पेस गरेको सनर्वजनिक महत्वको प्रस्तावमाथि बोल्दै देउवाले यस्तो भयानक स्थितिमा पनि सरकारले कुनै पहल नगरेको बताएका हुन्।
‘सिरहा, सर्लाही सप्तरी लगायतका बाढी प्रभावित जिल्लाको भ्रमण गर्दा त्यहाँ भयानक क्षति भएको देखेँ। त्यहाँका जनताहरूलाई खाद्यन्न अभाव छ, पाल अभाव छ,’ देउवाले भने, ‘ ्यस्तो बेलामा सरकार लाग्नुपर्ने हो। तर कुनै पहल गरेको छैन। पाल समेत पुर्याएको छैन। कुनै राहत दिएको छैन।’
देउवाले बाढी तथा पहिरोले धेरै जनताहरू विस्थापित भएकोमा दुःख व्यक्त गरे।
‘राज्य भनेको जनतालाई दुःख पर्दा सहयोग गर्ने हो कि हैन,’देउवाले प्रश्न गरे, ‘यस्तो बेलामा राज्यले नहेरे के पार्टीले हेर्ने हो?’
यस्तो डुबानको बेला भारतले नेपाललाई हेपिरहँदासमेत सरकारले कुनै कूटनीतिक पहल गर्न नसकेको गुनासो गरे।
उनले भने, ‘भारतले नेपाललाई हेप्ने, नेपालले हेरिराख्ने कहिलेसम्म?’