आईसीसी टि–२० विश्वकप छनोटको अन्तिम खेलमा सिंगापुरसँग पराजित भएर पीडा बोकेको नेपाली टोली आयोजकको गल्तीका कारण थप लज्जित हुनपरेको छ । नेपाललाई जित्नै पर्ने दबाब रहेको आजको खेलमा नेपाल ८२ रनले सिंगापुरसँग पराजित भएको थियो ।
यसैबीच प्रतियोगिता सकिएपछि समापन समारोहमा सिंगापुर क्रिकेट एसोसियसनले नेपाललाई उपविजेता भनेर लगाइदिएको पदक फिर्ता गरेपछि नेपाली टिम थप लज्जित हुनपरेको हो । समान अंक ४ – ४ भएपछि रन रेटका आधारमा कतारले साे उपाधी आफ्नो टिमले पाउनपर्ने दाबी गरेपछि आयोजकले आफ्नो भनाई सँच्याएर पूनः कतारलाईनै उपविजेता घोषणा गर्यो ।
अन्तमा नेपाली टिमका म्यानेजर रमन सिवाकोटीले नेपाली खेलाडीहरुबाट लगाइसकेको मेडल बटुलेर आयोजकलाई दिएका थिए । आयोजकले सो मेडल कतार क्रिकेट संघका पदाधिकारीलाई हस्तान्तरण गरेका छन् ।
टस जितेर व्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै नेपाललाई १९२ रनको लक्ष्य दिएको थियो। १९२ रनको लक्ष्य पाएको नेपालले १५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो।