करण साउद, मुम्बई, भारत । मठ मन्दिर पार्टी पौवा ताल तलैया पर्यटन स्थल बिधालय शिक्षा स्वास्थ चौकी बाटो सडक आदि जस्ता कार्ययोजनाहरु सरकारि बजेटमा बन्ने गर्छन् । यसको ग्यारेन्टी सरकारले लिनु पर्ने पनि हो तर अछामको चौरपाटी गा.पा. ३ गगुडामा बिधालय त सरकारी बजेटमा बन्यो तर मन्दिर उहीँ पुरानै स्कुलमा रहयो। यो मन्दिर लाई नयाँ बनाईएको बिधालयमा सार्न न कुनै राजनीति पार्टीले पहल चाले न त कुनै सरकारी पक्ष बाट नै कदम उठाईयो । तर त्यही गाउँ बासिहरुले प्रवास बाट अब स्वरस्वती मन्दिर बनाउने सपना देखेका छन् ।
गगुडा गाउँका युवाहरु भारतको पंजाब र मुम्बईमा अधिक संख्यामा रोजगारी गर्दै आएका छन् ।तिनै प्रवासमा भएका युवाहरुले अब मन्दिर बनाउने सम्बन्धि योजना ल्याईसकेका छन् भने काम कार्य संचालनका लागि मन्दिर कार्य समिती चयन गरिरहेका छन् ।उक्त मन्दिर निर्माण कार्यका लागि प्रवासमा मुम्बई र पंजाब गरि दुई समिती र गाउँमा एक समिती गरि जम्मा तीन समिती निर्माण हुनेछन् । प्रबास मुम्बई समिती चयन भै सकेको छ भने केही दिन मै पंजाबमा पनि छिटै समिती निर्माण हुनेछ।
मुम्बई समिती अध्यक्षमा करन साउद उपाध्यक्ष शेर ब साउद संयोजक पदम साउद कोषाध्यक्ष रंग साउद सचीव हर्क साउद चुनिएका छन् ।गाउँमा चयन हुने समितिले काम कार्य पुर्ण रूपमा रेख देख गर्ने छ भने भारतका मुम्बई र पंजाबमा रहेका समितिले आर्थिक सहयोग संकलन गर्ने छन् ।चौरपाटी गाउँ पालिका मध्यको यो गाउँ जनसंख्याको हिसाबले निकै ठुलो मानिन्छ।छतरा गडिगाउ लेक बाख्रेखोर पिरासल्ला तासी खेतिखोला घोडेदाउना सल्लिमारा कालिपले कापडारुख किमरुख आउजी वडा कामी वडा गरि धेरै टोलको नाम दिएर बिभाजन भएको छ।
आफ्नो गाउँ आफै बनाउ र एकता नै सबैभन्दा ठुलो शक्ति हो भन्ने भावना संगै ओतप्रोत भएका यश गाउँ वासिहरु मन्दिर निर्माण कार्यका लागि निकै उत्साहित देखिएका छन् । साच्चिकै हामिहरुमा एकता भए जस्तो काम पनि सजिलोसँग गर्न सकिने रहेछ भन्ने कुराको पाठ अनुभव भएको छ।