पोखरा उद्योग वाणिज्य संघको ३१ औ महाअधिबेसनको निर्बाचनका केहि झलकहरु (फोटो फिचर )

अर्थ​

पोखरा उद्योग वाणिज्य संघको ३१ औ महाअधिबेसनको निर्वाचन सम्पन्न भएको छ   उद्योग व्यबासायहरुको संगठन भएर हो कि चुनाब अलि भड्किलो र खर्चालु भएको पाइयो ।

नयाँ नेतृत्व चयनको लागि भएको मतदानमा कुल २७ सय २६ मतदाता भय पनि जम्मा  २५ सय १३ मत खसेको छ । मतदानको लागि विहानै देखि मतदाता लाईनमा थिए भने उमेदवार र उनीहरुका प्रतिनिधिहरु मत माग्न ब्यस्त थिए । मतगणना भने भोलि विहान ८ बजेपछि सुरु हुने निर्वाचन हुनेछ ।

महाधिवेशनमा अध्यक्षका लागि ६ जना प्रतिश्पर्धामा छन् । अध्यक्षका प्रत्यासी मध्ये देव क्षत्री र विश्वशंकर पालिखे प्यानल सहित मैदानमा छन् भने हिरा भट्टराई, नारायण कोईराला, ईश्वर कर्माचार्य र धनिराम बराल स्वतन्त्र रुपमा प्रतिश्पर्धामा छन् । २४ सदस्यीयको लागि ५३ को उमेदवारी परेकोमा कर्पोरेट दुई र औद्योगिक एक निर्वारोध भएपछि २१ सदस्यीयको लागि ४९ जना प्रतिस्पर्धी छन् ।

महासचिवमा पालिखे प्यानलबाट दामु अधिकारी र क्षेत्री प्यानलबाट लक्ष्मी पाण्डे प्रतिश्पर्धामा छन् । बरिष्ठ उपाध्यक्षमा पालिखे प्यानलका रविन्द्रबहादुर प्रजु र क्षेत्री प्यानलबाट मिनराज काफ्ले बीच कडा प्रतिस्पर्धा हुने सम्भावना छ । कोषाध्यक्षको लागि पालिखे प्यानलका पवन प्रजापति र क्षेत्री प्यानलका जनकराज पराजुलीविच प्रतिश्पर्धा छ ।

अध्यक्षमा ६ जना, बरिष्ठ उपाध्यक्षमा २ जना , बाणिज्य तर्फका ३ उपाध्यक्ष, उद्योत तर्फ २ उपाध्यक्ष, कोषाध्यक्ष तर्फका २,महासचिवमा २ र उपमहासचिवका प्रत्यासी उम्मेदबार  ३ जना चुनावी मैदानमा रहेका छन । त्यस्तै खुल्ला तर्फ १० जना सदस्यको लागि २१ जना र बस्तुगत तर्फ ४ जनाको लागि ८ जना प्रतिस्पर्धी रहेका छन् ।

pokhara-udhog-election-2016-10027

pokhara-udhog-election-2016-10026

pokhara-udhog-election-2016-10025

pokhara-udhog-election-2016-10024

pokhara-udhog-election-2016-10023

pokhara-udhog-election-2016-10022

pokhara-udhog-election-2016-10021

pokhara-udhog-election-2016-10020

pokhara-udhog-election-2016-10019

pokhara-udhog-election-2016-10018

pokhara-udhog-election-2016-10017

pokhara-udhog-election-2016-10016

pokhara-udhog-election-2016-10015

pokhara-udhog-election-2016-10014

pokhara-udhog-election-2016-10013

pokhara-udhog-election-2016-10012

pokhara-udhog-election-2016-10011

pokhara-udhog-election-2016-10010

pokhara-udhog-election-2016-10009

pokhara-udhog-election-2016-10008

pokhara-udhog-election-2016-10007

pokhara-udhog-election-2016-10006

pokhara-udhog-election-2016-10005

pokhara-udhog-election-2016-10004

pokhara-udhog-election-2016-10003

pokhara-udhog-election-2016-10002

Post Comment