दुबईमा चन्दले राखे नेपालको नाम, तेक्वान्दोमा जिते गोल्ड मेडल

दुबईमा चन्दले राखे नेपालको नाम, तेक्वान्दोमा जिते गोल्ड मेडल
खेल

युएस-नेपाल न्युज, युएई । युएईको फुजेरामा भएको EID FAYROUZ TAEKWONDO CHAMPIONSHIP मा दुबई पुलिस क्लबले तेक्वान्दो खेलमा ३ गोलमेडल, ७ सिल्भर र ५ ब्रोन हात पार्न सफल भएको छ। दुबई पुलिष क्लबको तर्फबाट खेलेका नेपालका करन बहादुर चन्दले ९० केजी तर्फ गोलमेडल जित्न सफल भएका हुन ।

यस खेलमा सफलता हासील गरे संगै उनले अब हुने दुबइ फुजेरा अोपन इन्टरनेशनल G1 Ranking प्रतियोगितामा समेत खेल्न पाउने भएका छन । दुबई पुलिसका प्रशिक्षक अब्दुल जलिलले पहिलो पटक नेपाली खेलाडी छनोट हुन सकेकोमा बधाइ दिए । उनले यस अघि अन्तराष्ट्रिय खुल्ला चौथो युएई कोरीयन फ्रेन्डसिप टेक्वान्दोमा समेत गोलमेडल हात पारेका थिए।

भारतमा भएको जिल्ला स्तरीय Weston बम्बई तेक्वान्दो २०१८ अोपन च्यापियनसिप लगाएत भारतमा भएका अन्य २० ओटा प्रतियोगितामा गोल मेडल प्राप्त गर्न सफल भईसकेका छन । अब उनि दुबई पुलिष क्लबबाट नेपालीको नाम रेकर्डमा राख्नको लागी मिहिनेतको साथ अगाडि बढीरहेको बताउछन।

Post Comment