काठमाडौं, असोज ७ । सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ । सुनको मूल्य तोलाको ५८ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य तोलाको ५८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी पनि तोलामा २० रुपैयाँले बढेर ८ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि महँगो भएको महासंघले जनाएको छ ।