स्पेन र इटलीमा यो महिनायताकै सबैभन्दा धेरै सङ्क्रमित थपिए

स्पेन र इटलीमा यो महिनायताकै सबैभन्दा धेरै सङ्क्रमित थपिए
अन्तर्राष्ट्रिय समाचार

युएस नेपाल न्युज, काठमाण्डाै । स्पेन र इटलीमा बिहीबार काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या यो महिनाकै सबैभन्दा धेरै रहेकाे छ ।

स्पेनमा बिहीबार मात्रै तीन हजार सात सय १५ जना नयाँ सङ्क्रमित देखिएका छन्  । यो जुन महिनायताकै सबैभन्दा धेरै हो । स्पेनमा अहिलेसम्म तीन लाख ८७ हजारभन्दा धेरै सङ्क्रमित छन् भने २८ हजार सात सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै इटलीमा ६ सय ४२ जना नयाँ सङ्क्रमित भेटिएका छन् । यो मे महिनायताकै सबैभन्दा धेरै भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इटलीमा दुई लाख ५५ हजारभन्दा धेरै सङ्क्रमित भइसकेका छन् भने सङ्क्रमणका कारण ३५ हजार चार सयभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै जर्मनीमा पनि कोरोना भाइरस सङ्क्रमणको दर बढ्दो छ । त्यहाँ एक हजार सात सय सात नयाँ सङ्क्रमण देखिएको र गएको अप्रिलयताकै सबैभन्दा धेरै भएको खबरमा उल्लेख छ । जर्मनीमा दुई लाख २९ हजार सात जनामा सङ्क्रमण पुष्टि भइसक्दा नाै हजार तीन सयभन्दा धेरैको ज्यान गएको छ ।

Post Comment