महिलालाई कुटपिट गर्ने युवक पक्राउ

महिलालाई कुटपिट गर्ने युवक पक्राउ
समाज

महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिका-७ जावद टोलमा बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति जिल्ला प्रहरी कार्यालय महोत्तरीले सम्सी गाउँपालिका-७ का २४ वर्षका कृष्ण यादवलाई महिलालाई कुटपिट गरेको आरोपमा पक्राउ गरेको हो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको र दोषी पाइए कानुनअनुसार कारबाही हुने महोत्तरीका प्रहरी उपरीक्षक टिका केसीले बताउनुभयो ।

शुक्रबार राति कुटपिटबाट घाइते महिलाको जनकपुरमा उपचार भइरहेको छ । प्रहरीले घटनापछि कृष्णलाई पक्राउ गरेको थियो । पछि प्रहरीले उनलाई छोडेको थियो ।

Post Comment