पथरी (मोरङ), २९ वैशाख । नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठान विराटनगरले साहित्य र धर्मसंस्कृतिका क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आउनुभएका दुई व्यक्तिलाई मङ्गलबार पुरस्कृत गरेको छ ।
पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालको नाममा स्थापित एक लाख रुपैयाँ राशिको धर्मसंस्कृति पुरस्कारबाट स्वामी डा रामचन्द गिरी सम्मानित हुनुभएको छ ।
त्यस्तै ‘आशालता रिजाल भाषा साहित्य पुरस्कार’ वरिष्ठ साहित्यकार परशु प्रधानलाई समर्पण गरिएको छ । भाषाशास्त्री बालकृष्ण पोखरेलले एक लाख नगदसहित प्रधानलाई ताम्रपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सभासद् पवनकुमार सारडा, साहित्यकार दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, कविराज न्यौपाने, प्रतिष्ठानकी अध्यक्ष इन्दिरा रिजाल र कवि दिङ्लाली कान्छोको उपस्थिति थियो ।