फर्कदैछन् गोर्खालि ट्रफि बोकेर

खेल

१ मङ्सिर । ‘ एएफसी सोलिडारिटी कप फुटबलको उपाधि विजेता नेपाली टोली आज(बुधबार) स्वदेश फर्किदैंछ ।

टोली आज बेलुकी साँढे ८ बजे काठमाडौं आईपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

मलेसियाको कुचिङमा मंगलबार सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले मकाउलाई १-० ले पराजित गर्दै उपाधि जितेको हो । नेपाललाई ऐतिहासिक जित दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरे ।

यो जितसँगै नेपालले इतिहास रचेको छ । सन् १९५४ मा एएफसीको सदस्यता लिएपछि अहिलेसम्म एसियालीस्तरको कुनै पनि औपचारिक प्रतियोगिता नजितेको नेपालले ६२ वर्षपछि यो सफलता हासिल गरेको हो ।

यसैबीच, सरकारले एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीका सदस्यहरुलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले विजयी खेलाडीलाई पुरस्कार स्वरुप तीन लाख नगदसहित सम्मान गर्ने घोषणा गरेका थिए ।

Post Comment