पोखरा – १० / “घर शान्ति नै विश्व शान्तिको आधार दिगो विकासका लागि लैंगिक हिंसा रहित समाज” भन्ने राष्ट्रिय नाराका साथ देशभरी महिला हिंसा विरुद्धका १६ दिने अभियान शुरु गरीएका छन् । यसैक्रममा अभियानको पहिलो दिनमा रेन्बो बालगृह नेपालद्वारा चापाकोट –७, ठुलाखेत स्थित शिद्ध बराह माध्यामीक बिद्यालयमा अध्यानरत १०० जना विद्यार्थीहरुलाइ माहिला हिंसा तथा महिला दुर्व्यवहार बिरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन गरियो र उक्त अवसरमा किशोर किशोरीहरुलाइ प्रजनन स्वास्थ्य सम्बधि जानकारी समेत दिएइयको थियो । जिल्ला जनस्वास्थ कार्यलयका प्रावीधिक सम्झना ढुंगानाले किशोर किशोरहरुलाइ प्रजनन स्वास्थ्य सम्बधि जानकारी दिनुको साथै उमेर नपुगी बच्चा जन्माउने नहुने, सुरक्षित मातृत्वको बारेमा बताउनु भयो । आफु कसरी सुरक्षित हुने र सुरक्षित रहने भन्ने कुराबारे बिद्यार्थीहरुलाइ बताउनु भयो ।
यसैगरी मितेरी मातृशिशु अस्पातल कास्कीका सीअहेब दुर्गा केसीले आफु लाइ कसैले हिंसा या दुर्ब्यबहार गर्न खोजेको थाहा पाउन साथ के गर्न हुने र के गर्न नहुने बारे बताउनु भयो । साथै दुर्ब्यबहारको शिकार हुने लागेको थाहा पाउना साथ सके सम्म छिटो सुरक्षित तथा मान्छेहरु भएको स्थानमा जाने कोशिस गर्नु पर्छ भन्ने जस्ता उपायहरु बताउनु भयो ।
उक्त अवसरमा महिलाहरुले प्रयोग गर्ने सेनेटरी प्याड घरमै कसरी ब्येबस्तापन गर्ने, बाताबरण बिनास नगरी कसरी डिस्पोज गर्ने तथा घरेलु प्याड कसरी बनाउने र सुरक्षित रुपमा कसरी प्रयोग गर्ने बारे तालिम दिइयो ।
उक्त कार्यक्रमका प्रमुख अथिति तथा सोही बिद्यालयका प्राचार्य श्री बद्रिनाथ पराजुलीले हिंसा हाम्रो घर देखि सुरु हुने भएकोले सर्ब प्रथम हामी स्वयंले हिंसा बन्द गर्यौ भने हिंसा क्रमश न्युनीकरण हुदै जानेछ भन्ने कुरा बताउनु भयो।
यस कार्यक्रमका समयोजक तथा रेन्बो चिल्ड्रेन होम नेपालका सस्थापक अध्यक्ष श्रीमती गोमा ढकालले जबसम्म पितृसत्तात्मक सोचमा परिवर्तन हुदैन तबसम्म महिला हिंसाका घटनाहरुमा कमी आउदैन साथै घर परिवारमा जुन नजरले आफ्नो आमा र छोरी-चेलीलाइ हेर्ने गरिन्छ त्यसैगरी अन्य महिलाहरुलाइ पनि त्यही नजरले हेर्ने गरियो भने महिला हिंसामा अवश्य कमी आउने छ भन्ने कुरा ब्यक्त गर्नु भयो ।
साथै महिला पुरष दुवैले हिंसा गर्नु पनि नहेने र हिंसालाइ सहनु पनी हुदैन । हिंसा भईरहेको थाहा पाएपछी अन्याय परेको ब्यक्तीलाइ सहयोग गर्नु पर्छ । हिंसा तथा दुर्ब्यबहार कसैले गरेको छ भने सम्बन्धित निकायमा उजुरी गर्नु पर्छ जसले गर्दा हिंसा गर्नेहरु निरुत्साहित हुदै जान्छन भन्ने कुरा ब्यक्त गर्नु भयो ।
उक्त कार्यक्रम रेडियो सफलताका प्रस्तोता प्रमिला बरालले संचालन गर्नु भएको थियो, भने उक्त कार्यक्रमलाइ जिल्ला बिकास समिति कास्कीले सहयोग गरेको थियो ।