१२ मंसिर। इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीद्वारा टोटनह्याम पराजित भएको छ। चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा टोटनह्यामलाई २–१ ले हराउँदै शीर्ष स्थानमा कायम रहेको छ। प्रिमियर लिगमा १३औं चरणका खेलहरु भईरहदा टोटनह्यामको अपराजित यात्रा टुंग्याउने क्रममा चेल्सीका लागि पेड्रो र भिक्टोरले एक एक गोल गरे। प्हिलो गोल टोटनह्यामका क्रिष्टियन एरिसनले ११औं मिनेटमै गोल गरे पनि अग्रता जोगाउन सकेन। गएरातिको खेलसँगै चेल्सीको १३ खेलबाट ३१ अंक भएको छ।
हिजो नै भएको खेलमा अग्युरोले दुईगोल गरेपछि म्यान्चेष्टर सिटीले शिर्ष स्थानको चेल्सी माथि दवाब कायम राखेको छ। उक्त खेलमा म्यान्चेष्टर सिटीले वर्नलीलाई २–१ले पराजित गरेको छ। यस्तै लिभरपुलले पनि सन्डरल्याण्डलाई २–०ले हराउँदै आफ्नो अपराजित यात्रालाई कायम राखेको छ। उक्त खेलपछि अंकतालिकामा लिभरपुलको १३ खेलबाट ३० अंक सहित दोस्रो स्थानमा छ भने म्यान्चेष्टर सिटी समान खेलबाट समान अंकसहित गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ।