मंसिर १७,एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेटमा नेपाल भारतसँग पनि पराजित भएको छ । १ सय २१ रनको लक्ष्य पछ्याएको नेपालली टोली १६ ओभर ३ बलमा २१ रनमा अलआउट भयो।
नेपालका लागि सरिता मगरले ६ रन बनाउँदा करुणा भण्डारी,रुविना क्षेत्री र ज्योति पाण्डेले समान दुई दुई रन बनाए। पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १२० रन बनाएको थियो। भारतका लागि शिखा पाण्डेले सवार्धिक ३९ रन बनाइन्।
यसअघि नेपालले पाकिस्तानसँग ९, श्रीलंका र थाइल्याण्डसँग समान ८, श्रीलंकासँग ८ विकेट र बंगलादेशसँग ९२ रनले पराजय भोगेको थियो।