‘रहरले किनार छुँदा’ सार्वजनिक

साहित्य

काठमाडौँ, २८ मङ्सिर । साहित्यकार निशा केसीद्वारा रचित मुक्तकसङ्ग्रह ‘रहरले किनार छुँदा’ शनिबार सार्वजनिक गरिएको छ ।

नेपाल मुक्तक प्रतिष्ठानद्वारा यहाँ आयोजित कार्यक्रममा सो मुक्तकसङ्ग्रहको गीतकार रत्नशम्शेर थापा र मुक्तककार चेतन कार्कीले सार्वजनिक गर्नुभयो । साहित्यकर्मी राजेन्द्रकृष्ण मानन्धरले प्रकाशन गरेको सो सङ्ग्रहमा प्राकृतिक सौन्दर्य, जीवनजगत्, दर्शन, प्रेम र राष्ट्रियताबारेमा रचिएका २१६ मुक्तक समावेश गरिएका छन् ।

सोही अवसरमा गीतकार थापाले नेपालमा मुक्तक लेख्ने मुक्तककारको सङ्ख्या अत्यन्त कम भएको र महिला मुक्तककर्मीको सङ्ख्या अत्यन्त न्यून रहेको अवस्थामा सो मुक्तकसङ्ग्रहले मुक्तकको क्षेत्रलाई थप उचाइमा पु¥याउन सफल हुने बताउनुभयो ।

मुक्तककार ज्ञानुवाकार पौडेल र उषा शेरचन तथा राजन सिल्वाल, रवीन्द्र गिरीलगायतले पछिल्लो पटक मुक्तक लेखकमा वृद्धि हुँदै गएको र अझै उचाइमा पु¥याउनका निम्ति सबैसँग आग्रह गर्नुभयो । रासस

Post Comment