११ पौष। क्रिसमसको अवसरमा आफ्नो सम्बोधनमा पोप फ्रान्सिसले आईतबारको पश्चिम एसियामा शान्तिको आह्वान गरेकाछन र आतंकवादी घटनाका पिडितहरुलाई सान्त्वना दिएका छन्।
अर्जेन्टिनामा जन्मिएका ८० वर्षिय पोपले सिरियामा भएकोे हिंसा वन्द गर्न आह्वान गरेका छन्। उनले भनेका छन्, करिब छ वर्षमा अत्याधिक रक्तपात भईसकेको छ। उनले सेन्ट पिटर वेसिलिकाको बालकनीबाट करिब ४०,००० जना मानिसहरुलाई सम्बोधन गरेका थिए। उनले ईजरायल र प्यालेस्टाईनबाट ईतिहासका नयाँ अध्याय लेख्नको लागि साहस देखाउन मानिसहरुलाई आग्रह गरे।