नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ l निगमले हाल रहँदै आएको पेट्रोलको मूल्य रु ११६ प्रति लिटरलाई ७ रुपैयाँले घटाएर प्रति लिटर रु १०९ बनाएको छ भने मट्टीतेलको मूल्य रु ५.५० ले घटाएर ९२ रुपैयाँ कायम गरेको छ l त्यसैगरी निगमले देशभित्रका विमानका लागि रु १० ले घटाएर प्रति लिटर १३३ कायम गरेको छ l तर खाना पकाउने ग्याँसको मूल्यमा परिवर्तन आएको छैन l
निगमका प्रतीनिधिका अनुसार विश्व बजारमा भएको मूल्य परिवर्तनले नेपालमा पनि मूल्यमा परिमार्ज़न गरिएको कुरा उल्लेख गरे l निगमले मूल्य कटौती गरेपनि मासिक ४८.५९ करोड मुनाफा गर्ने छ l