नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले माओवादी जनयुद्धका कारण राजतन्त्र अन्त्य गर्न सफल भएकोले जनयुद्ध प्रति गौरव रहेको बताएका छन । इजरायलको तेलभिवमा शुक्रवार भएको पार्टीको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाजले आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले माओवादी जनयुद्धको त्याग र बलिदानलाई सराप्नुको साटो कमजोरी सुधारेर अघि बढ्नु पर्ने बताए ।
भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नभए देशमा विकास नहुने बताए । नेपालको लोकतन्त्र शासकीय प्रणाली लागु गर्नु पर्ने र यसका लागि सबै राजनीतिक दलका नेता कार्यकर्ता मिल्नु पर्नेमा जोड़ दिए । मेरो दृष्टिमा नारी सशक्तिकरणका दृष्टिले १० बर्षे माओवादी जनयुद्धलाई “स्वर्णकाल” को संज्ञा दिनु ठीक्कै होला भन्ने लाग्यो । माओवादी जनयुद्धले नेपालको एकदम तल्लो तहको शोषित, पीड़ित राज्य सत्ताको अवसरबाट कोसों टाढा पुगेका बहुसंख्यक बर्ग, क्षेत्र, समुदाय, जातिको नारी पुरूषलाई सशक्तिकरण गर्न या माथि उठाउन ऐतिहासिक भूमिका निर्वाह गर्यो जुन यस अधि नेपालको इतिहासमा कहिल्यै भएको थिएन । माओवादी जनयुद्ध विकसित हुनु अधिको नारी जागरण र स- शक्तिकरणका अभियान एउटा हुने खाने बर्षका पढेलेखेका नारीहरूको पेशा धन्धा या आत्मरतिको विषयमा मात्र सीमित रहेको तथ्यलाई इनकार गर्न सकिन्न ।
केही प्रयासहरूले अपवादका रूपमा मास आन्दोलनको रूप पनि लिएका थिए होलान । तर धेरै जस्तो अभियानहरू नारी जागरण र स-शक्तिकरणका नाम संस्था खड़ा गरेर विदेशी सहायता राशी कुम्ल्याउने पेशा धन्धामै सीमित थिए । तर जब माओवादीहरूले जनयुद्ध कालखण्डमा गाउँ समाजका शोषित पीडित जनसमुदायको छोरीहरूको एउटा ठूलो जमातको हातमा बन्दुक थमाएर लड्न सिकाए, वास्तविक रूपको नारी जागरण र स- शक्तिकरणका आन्दोलन विकसित भएको हो । अब स्थिति धेरै फरक भइसकेको छ । नेपालको पछिल्लो अर्थतन्त्र विदेशमा गएर काम गर्नेहरूको रेनिट्यान्सबाट धानिएको तथ्याँकमा ३८ प्रतिशत भन्दा बढी त महिला कामदारहरूको योगदान रहेको तथ्य हो । माओवादीहरूले महिला लडाकुलाई संघर्षको मैदानमा ओरालेकाले प्रहरी र सेनामा पनि महिला भर्तीको मात्रा ह्वात्तै बढ्यो ।
राजनीतिक दृष्टिले संविधानसभाको २४० सिटको प्रत्यक्ष तर्फको निर्वाचनमा ३० जना महिलाले जितेर देंखाउनु भनेको मास रूपकै आन्दोलन विकसित भंइसकेको हो । यी ३० जनामा पनि २४ जना माओवादीका उम्मेदवार हुनु जनयुद्धले हुर्काएको मास आन्दोलनलाई आंकलन गर्न सकिन्छ । यसैकारण नै यसकालखण्डलाई मैले ‘स्वर्णकाल ‘ को संज्ञा दिएको हूँ ।