यो हप्ता दुई वटा बिषयले नेपाली मिडिया तातिरहेको छ । एउटा बिषय हो बेवारिसे महिला कञ्चन शर्माको र अर्को राजनितिक रुपमा एकदमै तातेको बिषय हो सांसदहरुको तलब-भत्ता वृद्धिको । अब कुरा गरौँ सांसदको तलब-भत्ताको भारी बृद्धिको बिषयमा । एकपटक डा. बाबुराम भट्टराईले भनेका थिए;- जोगी बन्न कसैले पनी राजनिती गर्दैन । हो रहेछ डा.साब प्रमाणित भयो । राजनिती जोगि बन्न हैन करोडपती बन्न गरिने रहेछ । नदि बेच्दा मौन, सिमा मिचिँदा मौन, चेलिबेटीको अस्मिता लुटिँदा मौन, अंगिकृतलाई देश सुम्पिन लाग्दा मौन, हिन्दी भाषालाई राष्ट्रीय भाषा बनाउन लाग्दा मौन, हरेक ६-६ महिनामा सरकार गिराउँदा मौन, राष्ट्रीय गौरबका हरेक योजना बिदेशिले लिँदा मौन । प्रभुका हरेक नाङ्गो हस्तक्षेपहरुमा मौन बस्ने महासयहरु, आफ्ना सेवा सुबिधा बढ्दा चिच्याउँदा रहेछन । हो यहि होला राष्ट्रबाद, यहि होला देश बिकाश, अनि यहि होला नयाँं नेपाल । हामीले कस्ता पशुहरुलाई नेता ठानेँछौं, कस्ता गद्दार हरुलाई प्रतिनिधि मानेछौँ । जो नेतृत्वमा पुगेपनी देशै नङ्ग्याउने , हाम्रा सम्बृद्दिका सपनाहरुलाई बलात्कार गर्ने । यि पशुहरुको भिडबाट कोहि त असल मानव भएर निस्कियोस !
आइतबार बसेको संसदको बैठकले विधेयक संशोधन सहित बहुमतले पारित गरेसँगै सांसदहरुको तलब भत्ता व्यापक वृद्धि भएको छ । अब सांसदहरुले महिनाको लगभग सवा लाख रकम बुझ्ने भएका छन । उनिहरुले मासिक पारिश्रमिक वापत ५५ हजार २ सय ३० रुपयाँ, ६ हजार पाँच सय रहेको आवस भत्ताबाट बढाएर १८ हजार रुपयाँ । स्वकीय सचिवको तलब २४ हजार चार सयबाट बढाएर ३० हजार पाँच सय रुपयाँ। त्यस्तै बैठक भत्ता दुई सयबाट बढाएर एक हजार रुपैयाँ, यातायात एक सय ५० बाट एक हजार, प्रत्येक दिन भ्रमणवापत दुई हजार पाँच सय, यात्रा बिमा १० लाख, मृत्यु भएमा दुई लाख र अशक्त भएमा ५० हजार रकम पाउनेछन् । यसैगरी सभामुखले नियमित मासिक ९७ हजार तीन सय २० पाउँदै आएकोमा अब एक लाख एक हजार पाँचसय पाँच बनाईएको छ । भ्रमण भत्ता प्रत्येक दिन तीन हजार र अन्य सुविधा पनि व्यापक रुपले बढाईएको छ । यति मात्र हैन प्रमुख विपक्षी दलका नेताले पनि पारि श्रमिक ६० हजार ९ सय ७०, आवास २५ हजार ६ सय आठ, सचिवालय, सञ्चार सुविधा, महँगी भत्तालगायत गरी मासिक ९४ हजार तीन सय २८ साथै भ्रमण भत्ता स्वरुप पत्येक दिन दुई हजार पाँच सय रुपैयाँ राज्यकोषबाट पाउनेछन् ।
उता लोकमान सिंह कार्किको महाअभियोग प्रकरण जस्ताको तस्तै छ तर त्यसलाई थाँती राखेर रातारात आफ्नो सेवा सुबिधा बढाउन जुकाहरु मरिमेटेर लागे र सर्वसम्मतीले पारित पनि गरे । राजनैतिक नेताज्यू हरुको दिमाग भ्रष्ट र लोभी भएको प्रमाणित गर्न यो भन्दा अर्को उदाहरण खोज्नु पर्दैन नेपाली जनताले । रातारात तलब भत्ता बढाएर लिन लायकको त्यस्तो राम्रो काम के गरेकाछौ देश खोक्रो पार्ने धमिराहरु हो ? हामिलाई लिष्ट दिन सक्छौ ? कुन चाहिँ जनता खुसी छ तिमिहरुको काममा ? तिमिहरुको आसेपासे हनुमानहरु बाहेक ? तिमिहरु नै देश खोक्रो पार्ने अझै तिमिहरुलाई नै हामीले पोसी रहनुपर्ने ? देश यस्तो नाजुक अवस्थामा छ, संविधान लागू हुन सकिरहेको छैन, संक्रमण अन्त्य हुन सकेकी छैन । यस्तो बेलामा आफ्नो तलब भत्ता बढाउँदा यदि तिमिहरु मानव हौ भने हिनताबोध हुनुपर्छकी पर्दैन ?
यी यसरी हरेक लठुवाले आफुले चाहेजस्तै गरि देश लुट्न पाएपछी को बोल्छ? कस्लाई मतलब छ देशको ? यी सबै आफैँ बन्न गएका हुन । देश बनाउने मनसाय कुनै लठुवाको पनी छैन । के हामिले यी लठुवाहरुलाई यिनका तलब भत्ता बढाउन, यिनका सेवा सुबिधा बढाउन भोट हालेर जिताएर पठाएको ? कि देशको मुहार फेर्थेकी, केही गर्लान कि भनेर आशा राखेर जनताको प्रतिनिधि बनाएर पठाएको ? हामीले हाम्रो अमुल्य भोट त जुकालाई, किर्नालाई र जुम्रा हरुलाई हालेछौं । जसले हाम्रै रगत पसिना चुस्दैछन । हामीले दुख गरेर, खाई नखाई, रुपैयाँ/पैसा कर तिरेको यिनलाई पजेरो चढ्न, तलब भत्ता बढाउन, मनपरी गरेर बिलासितामा उडाउनको लागि हो ? भुकम्प पिडितको आँसुको भेलमा यि नरपशुहरु पौडी खेलीरहेका छन । संसदमा गएर भुकम्प पिडितको पक्षमा कुन चाहिँ नरपशुले बोल्यो ? ए हनुमानहरु भुकम्प पिडितको ब्यवस्थापन गर्न डटेर लाग्ने बेला हो कि यो आफ्नो तलब, सेवा, सुबिधा बढाउने बेला हो ?
हुन त संसदमा धनराज गुरुङ जस्ता मान्छे पनि छन र मन गर्वले फुल्छ । जसले संसदमा बढेको सम्पुर्ण सुख सुबिधा भुकम्प पिडितको लागि दिने घोषणा गरे । हामिलाई यस्तै नेतृत्व चाहिएको छ । जस्ले जनताको लागि केही दिन सकोस । जस्ले जनताको पिडाको घाउमा मलम पट्टि लगाउन सकोस, जसले देशको सम्बृद्धिको बारेमा सोचोस । प्राय अरु देशमा आफू सम्पुर्ण तवरले सबल मान्छे देशलाई केही दिनको लागि राजनिती गर्न जान्छ । पछिल्लो उदाहरण अमेरिकी राष्ट्रपती ट्रम्पले एउटा घोषणा नै गरे कि आफुले एक बर्ष भरिमा पाउने तलबबाट केवल एक डलर मात्र लिन्छु भनेर । आखिर अमेरिका जस्तो देश, बिश्वकै धनी देशको त लाखौँ डलर लिएपनी के फरक पर्छ र ? तर उनले आफुले कानुन सम्बत पाउने सुबिधा सम्म पनि नलिने भए । त्यति बिकशित देशको नेता, त्यति धनी देशको नेताले देशको बारेमा सोच्छ, देशको सम्बृद्धिको बारेमा सोच्छ । तर हाम्रो देशमा चप्पल लगाउन नजान्नेहरु, आची गरेर पुछ्न नजान्नेहरु सत्तामा पुग्छन र आफू अनुकुल कानुन बनाएर देश लुटछन । कति घृणित काम छ हेर्नुस; अरु विधयेक संसदबाट पास भएर राष्ट्रपतिले लालमोहर लगाएपछि मात्रै लागू हुन्थ्यो । तर सांसदको तलब भत्ता बिद्धिको विधयेक चाँहि पास गर्ने मंसिरमा, तर लागू हुने चाहीँ पाँच महिना अगाडि नै । यस्तो कुनियम संसारको कुन देशमा होला ।
जय देश !!!