भारतका अर्धनग्न योगी रामदेव अनि नेपाली शिर – निशा अर्याल

विचार

nisha-aryalयोगी रामदेव मुक्तिका यी मकारछन । सबैभन्दा पहिले मुक्तिको साधन उनका लागि मुद्रा हो यो कुरा हामीले बुझ्न जरुरी छ । योगको सहारा लिएर एकातिर प्रशस्त धन कमाए भने अर्कोतिर मैथुनको योगको बहानामा राम्रा राम्रा केटीसंग सहबास गर्ने, मोहित गर्ने र वशमा पार्ने उनको यस्ता चलित्र भएको कुराहरु पत्रपत्रिकामा आएकै पनि सुनिएको हो यति सम्मकी यस्तै आरोपमा जेल सम्म परेका यस्ता रामदेवको भित्रि चलित्र छद्म भेट्मा माँस, मद्यं आदि इत्यादि के के होलान ।

रामदेव बाबासंग मेरो प्रत्येक्ष भेट् भएको छैन न मलाई कुनै रहर छ उनलाई भेट्ने किन कि योग गर्न वा गुरु शिक्षा लिन हाम्रै नेपालमा मन्याय विशिष्ट सम्मानीय गुरुहरु हुनुहुन्छ | योग आत्मा र इश्वर बिचको मिलन हुन आफुमा नै लगाव, विश्वास, धैर्य, चाहना, इच्छा, कार्यशक्ति, पहिचान, र स्थिरता, नियमितता, लगनशिलता हुन जरुरी हुन्छ नकी एकदिन कसैले यसो गर भन्दैमा वा आफ्नो नजिक राख्दैमा इस्वरलाई प्राप्त गर्न सफल भइने कुरा हो ।

अर्धनग्न रामदेव बाबाको कुरा भन्नुपर्दा मैले बुझेको कुरा, दुनियाँमा स्वास्थ्य र शक्तिको सपना बाढ्ने रामदेव केही पहिले चार दिनको अनशनमा बेहाल भएँ । सपना र आध्यात्मिकता र राष्ट्रिय स्वाभिमानको शिक्षा बाडिदै हिड्ने भोगीहरूका यी योगीमा न आध्यात्मिकताको शक्तिको पुट छ न त शारीरिक शक्तिको । हामी तँपाईं सबैलाई थाहा भएकै कुरा हो । दुई बर्ष अघिमात्र भोगीहरूका यी योगीले गुणवत्ता र काम गर्न सक्ने श्रमिकहरूको शोषण गरेका थिए । त्यसले चर्को रूप लिएको थियो । राजनितिले रामदेव बाबालाई राम चरिञ नदोहोरियोस् भनि दुइबर्ष अघि दिल्ली जेलबाट निकाल्दै भनेका थिए त्यस बेलामा तातों तावामा जिउँदो माछा छटपटिएकै जस्तो छटपटिएकका थिए यिनी । र अर्नर्गल प्रलाप गर्न लागेका थिए । के नवउदारवादको प्रयोगशालामा यस्ता योगी ढालिन्छन ?

आफ्नो आर्थिक साम्राज्यलाई सम्हाल्न लागेका रामदेवको वयान आयो उनले आन्दोलन गर्ने रे । नेपालमा जयजयकार गर्ने त्यस्ता ढोंगी रामदेवको अलिकति चर्चा गर्न मन लाग्यो । उनले भारत सरकारसंग भएका समझौताको सूचना आफ्ना समर्थकलाई नदिएर दग़ाबाज़ी गरेको कुरा लुकेको छैन । अनशन स्थलबाट भागेर समर्थकलाई धोखा दिएको कुरा पनि सनसनी भएकै हो । यथार्थमा अकुत सम्पत्ति सदाचारको कमाई सदाचारको दानबाट जुरेको होईन भन्ने कुरा अनुमान गर्न सकिन्छ |जाबो एउटा भारतीय जोगि जस्को पेसा योगा को नाउमा दक्षिण एसिया कै बजार कब्जा गर्ने रहेको छ ।

भारतका व्यापक रुपमा पसेका भारतीय योगीहरु ले आफ्नो जड़ो गाड्न अनेकौ प्रयेत्न गर्ने क्रम देख्दा देख्दै यी नेपालमा तहस नहस गर्न पसेका ,एक अर्कामा आगो लगाई ताप्न पसेका जोगी नेपालमा आउँदा नेपालका राष्ट्रपति,प्रधानमन्त्री लगाएत तमाम शासक र प्रशासकहरु उनको अर्धनंग्न शरीर संग अंकमाल गर्न लर्को लागेर जानू के यहि नेपालका प्रमुख वादीहरुको धर्म-सस्कृत हो ???..

यस्ता अर्धनग्न योगीलाई नेपालमा अतिरिक्त मान , सम्मान किन ? अर्धनग्न अवस्थाका यस्ता ढोंगी बाबालाई हाम्री महिला राष्ट्रपतिले भेंटिन किन ? राष्ट्रप्रमुखको गरिमा के यहि हो ? कुर्शीको गरिमा क़ायम किन राखिनन ? सरकार प्रमुख प्रधानमन्त्री किन नत मस्तक भएका यी भोगी बाबाकी अगाडी ? के सबैको आँखामा पट्टि लगाएकै हुन त यी ढोंगी बाबा रामदेवले ? लज्जाले शिर झुकी रहेछ मेरो नेपाल आमाका यस्ता सन्तान जो देशको रक्षाकोलागि छातीमा हात राखेर सपत खान्छन किन? निर्लज नेपालका राष्ट्रपति,प्रधानमन्त्री,पराष्ट्रपति र देशद्रोही शासक नेताहरु ?

धिक्कार्छु म त यस्ता राष्ट्र प्रमुख र सरकार प्रमुखलाई जो एउटा अर्धनग्न अघोरिलाई आफ्नो हैसियत विर्सेर अंकमाल गर्दै शीर झुकाउँछन र उसैको इशारामा नाच्न थाल्छन, शर्म ! शर्म ! शर्म !

Post Comment