‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपुथ मरेर नगए।’
सर्वप्रीय कवि भुपी शेरचनका यी हरफले भने जस्तै देश बनाउन, हो यहाँ दुईचार सपुथ हैन हजारौँ सपुथ मरेर गए तर न बन्यो देश न बने जनता । बने केबल नेता र तिनका नातेदार । दुईचार सपुथले बलिदानी दिएपछी मुलुकले कोल्टे फेर्ला भनेको त मुलुक त झन उत्तानो पर्यो कहिले नउठ्ने गरेर ।
यहाँ शहिदको अर्थलाई अबमुल्यन गरियो । यहाँ सडक दुर्घटनामा मर्नेलाई सहिद बनाईयो, देश टुक्राउँछु भन्दै अन्दोलन गर्नेलाई सहिद भनियो । देशका सबै सम्पती बम हानेर उडाउनेलाई समेत शहिदकै उपमा दिईयो र सम्मान दिईयो । जो-जो बिते देशको लागि सम्पुर्णलाई एकमुष्ट हार्दिक श्रद्धाञ्जली ! जो मरे देश बनाउनको लागि, जो लडे देशमा परिवर्तनका लागि, तिनले आफ्ना सबै खुसी त्यागे । तिनले आफ्ना परिवारको बिन्ती स्विकारेनन, तिनले श्रीमतीको न्यानो मायाँ भनेनन, बाबा आमाको आशिर्वादको छहारी चाहेनन, आफ्ना कलिला नानी बाबुको भबिष्य भनेनन । जसले सारा खुसी बिर्सिएर देशको भबिष्य सोचे, जसले देशको लागी हाँसीहाँसी बलिदानी दिए । ती सम्पुर्ण मृत आत्माप्रती श्रद्धाले शिर झुकाउँछु, गर्वले सलाम गर्छु ।
अचेल ती शहिदको बलिदानीले सत्तामा पुगेकाहरु शहिदका अबमुल्यन गर्दैछन । हाम्रा दाजुभाईले जे सोचेर आफ्नु ज्यान बाजि राखे, त्यसको उल्टो काम गरिरहेछन सत्तामा पुग्नेहरु । देश चुसिरहेछ्न जुकाले जसरी । देश लुटिरहेछन लुटेराले जसरी । यहाँ देश र जनताको लागि रगत बगाउने शहिदको अबमुल्यन गर्छन हरामीहरु र दिन दहाडै देश बेचिदिन्छन बिस्तारबादीलाई । यिनलाई पोल्दैन शहिदको रगतले, यिनका मन दुख्दैनन सहिद परिवारको आँशुले । किनकी यिनले आफ्नो मनमा ढुङ्गा फिट गरेका छन । यिनका मालिकलाई भित्र भित्रै देश सुम्पिने कसम खाएका छन ।
हिजो भारतिय बिस्तारबादी भनेर डुक्राउने मत्ता साँढेहरु, हिजो सुरुङ युद्द लड्छु भनेर फलाक्ने काईतेहरु आज एक एक गर्दै देश बेचिरहेछ्न । हो शहिद दाइ ! तिम्रो आत्मा कति भड्किँदो हो । म टुलुटुलु हेरिरहेछु देश र सोचिरहेको छु तिम्रो बलिदानी । न गर्न केही सक्छु न केही बोल्न सक्छु । म अहिले तिम्रै कुरा बोल्दै छु तर मेरो ज्यान नै धरापमा राखेर । किन थाहा छ? तिनलाई तिम्रो रगतले नपोले पनि मलाई तिम्रो रगतले छटपटी हुन्छ । तिम्रा आशाहरु एक एक गर्दै निराशामा बदलिएको मलाई सैह्य हुँदैन ।
तिम्रो बलिदानिले जहानिया राणाशासन जरैबाट उखलियो, प्रजातन्त्र भित्र्याईयो । तिम्रो बहादुरीले निर्दलिय पञ्चायत निमिट्यान्न पारेर फालियो । तिम्रो रगत पसिनाको बलमा अढाई सय बर्ष ईतिहास बोकेको शाहबंशिय राजतन्त्रलाई नाङ्गेझार पारियो । ब्यवस्था फेरियो तर अवस्था फेरिएन । राजनितिक परिवर्तन भए तर आर्थिक परिवर्तन भएन । नेता बने, तिनका कार्यकर्ता बने, तिमिले सोचे जस्तै गरिबको सत्ता आएन सहिद दाइ । तिमिले बलिदानी दिदै गर्दा बुबा आमा र भाउजुहरुलाई भनेझैं देश फेरिएन सहिद दाइ । हिजो तिमिलाई ज्यान आहुती दिन उचाल्नेहरु आज पनी जिउँदैछन, सिहदरबारमा, शितल निवासमा र बानेश्वरमा बुट बजार्दैछन । र थाहा छ किस्ता किस्तामा देश बेचिरहेकाछन ।
हामिलाई जात जातमा लडाउन सिकाए, देश टुक्राएर ठूलो भाग खान पाईन्छ भन्ने सिकाउँदैछन । वीर पुर्खाको बलिदानी माथी बलत्कार गर्नुपर्छ, तिनको शालिक ढाल्नुपर्छ, तिनको अस्तित्व स्विकार्नु हुँदैन भनेर पढाउँदैछन । देश जोड्ने हरुलाई बिर्सेर अहिले देशमा धार्मिक युद्ध गराउनेहरुलाई पुज्दैछन, डलरको चेक बुझेर हाम्रो सनातन धर्मलाई अफिम भन्दैछन । भारुको अश्वासन पाएर देशको भबिष्य लिलाम गर्दैछन। कुन दिन शहिद दिवस पनि मान्न हुँदैन भनेर बिदा कटाउने छन यहि पिर छ मलाई ।
कोशीमा बाढीको ब्यारेज अनुगमनका लागी आएका ईण्डियनहरु बिराटनगरमा मिनि राजदुताबास चलाएर अडडा जमाएर बसेका छन अझै फर्किएका छैनन । अब फेरि एयर मार्शलको नामबाट एयर्पोर्टमा भारतिय सेना छिराउँदैछ यो सरकार । यो भन्दा घिनलाग्दो र राष्ट्रघातको काम के हुन सक्छ ? भोली उसले एयरपोर्ट बाट सबै गोप्य सुचना मोनिटरिङ गर्ला र अन्तत नेपालमा ब्यारेक खडा गरेर बस्छ । गरिबलाई एउटा बिष्कुट छिराउन नदिने एयरपोर्ट बाट सयौँ केजी सुन छिर्छ । अर्थमन्त्री भनाउँदो हामी त भुरा माछा, अरु ठुला माछा छन भन्छ । हरे ! मेरो देशको स्वाभिमान कौडिमा बिक्दैछ ।
हिजो भारतिय बिस्तारबादी संग सुरुङ युद्द गर्छु भन्नेहरु अहिले उही बिस्तारबादीको नाईके भारतियको बफादार कारिन्दा बनेको छ । कति लाचार र निर्लज्ज नेतृत्व उफ ! आफैले बोलेका शब्द हरुले भत्भती पोल्नुपर्छकी पर्दैन ? शहिदका सपनामा लात मार्ने अधिकार यिनलाई कस्ले दियो ? हे सहिद दाजुभाई दिदी बहिनिहरु ! यो सरकार सीके राउतले देश हजारौँ मास उचालेर देश टुक्राउँछु भन्दा चुईक्क बोल्दैन । देशको परराष्ट्रमन्त्री भनाउँदा महिनामा एक पटक उही दर्शन गर्न नपुगी तलब पाक्दैन । पोलिटब्युरोको बैठकमा तराई र पहाड छुट्याउनु पर्छ भनेको अडियो आउट हुन्छ । उच्च अदालतको सबै राजनितिक नियुक्ती ।
ए नेपाली दाजुभाई; जिन्दाबाद! मुर्दाबाद! कति भन्नू हुन्छ? झोले कार्यकर्ता कतिञ्जेल बन्नुहुन्छ ? एकपटक साधारण जनता बनेर हेर्नुहोस अनि देशको हाल बुझ्नुहुन्छ । हरेक कुरामा बिरोध किन ? हरेक कुरामा समर्थन किन? आफ्नो पार्टीकाले देशै बेचेनी चुप, अर्कोले राम्रै गरेनी झुट किन भन्नुहुन्छ ? एकपटक ठण्डा मन बनाएर देशको बारेमा सोच्नुहोस बिन्ती छ ।
जय देश !!!