प्रबास भन्ने बित्तिकै हामिहरुका लागि पराईदेश अथवा अर्को भुमी भन्ने बुझिन्छ प्रबासी जीवन दुख नै दुखको आधारमा बाच्नु परेको हामी सबैलाई अभगत नै छ।सदियौ देखि चली आएको नेपाल भारत आवतजावत र एक अर्का देशमा काम धन्दा नौकरी ब्यापर गरिखाने प्रचलन छ यस बाट दुइटै देशलाई फाईदा भने न पुगेको होईन ।अहिले भारत बाहेक अरु बाहय देशहरुले नेपालीहरु लाई कामदारको लिन थाले पनि पहिले पहिले भारत भन्दा अरु देशमा नेपालीहरु सायद कमै भेटिन्थे होला।
कुनै बेला त यस्तो पनि लाग्थ्योकी भारत न भएको भए सायद कयौ नेपालीहरुको जीवन धान्नै गाह्रो हुन्थ्यो होला।तर त्यो एउटा सोच र कल्पना मात्र पनि हुन्छ किनकि भारत ले नेपालीलाई काम को लागि आउन न दिएको भए स्वदेश मै गरि खाने ज्ञान हुन्थ्यो होला।प्रायः हामी थुप्रै नेपालीहरुको सोच त्यही हुन्छ जे जति ऋण कर्ज लागेपनी हे भारत छ्दै छ एक चोटि गएर तिरी नै हाल्छु भन्ने भावना र सोचले नेपाली लाई ठुलो दुबिधामा न पारेको भने होईन ।
कुनै समय थियो जुन बेला नेपालीहरु निडर बहादुर गोर्खा अनि ईमानदार को नामले प्रख्यात थिए ।भारतका हरेक शहर वा क्षेत्रमा कुनै ठुला ठुला काम खतरा हुने स्थान मा खटाईन्थ्यो तर पनि नेपालीहरु त्यस्ता कामको सामना गरेर नै छाड्थे।त्यही बेला नेपालीलाई वीर गोर्खाली बहादुर भनेर पुकारिन्थ्यो तर आज ठिक त्यस्को उल्टो भएको छ माया ममता अनि गौरबशाली नाम बाट पुकारिने नेपाली घृणा गाली गलौच अनि नराम्रो शब्द प्रयोग गरेर नेपाली माथि ठुलो दाग लाग्ने हिसाबले बोलेको सुन्न पाईन्छ।
यस्को भागिदार जहाँ सम्म मलाई लाग्छ नराम्रो प्रवृत्तिका केही नेपाली नै हुनुपर्छ ।समय बदलिदै गयो आफ्नो गति अनुसार चल्दै रहयो हामीले नोकर बनेर भारतीय हरुको ब्यापार ब्याबसाय फैलिदै गयो उनिहरु धनाढयमा परिणत हुँदै गए तर हामी उनिहरुको जीवन परिवर्तन गरिदिने नोकर र मजदुर का दिन कहिले न फर्किने गरि झन झन तल झर्दै गए।तर प्रबासमा आउने नेपालीहरुको संख्या दिनप्रतिदिन झन झन बढ्दै गयो भारतका हरेक शहरमा नोकर बन्दै काम गर्न बाध्य नेपालीहरु माथी विभिन्न किसिमका अमानवीय घटनाहरु घट्न थाले तर त्यस प्रती भारतीय निकायले कुनै चासो देखाएन।
यस्ता किसिमका घटनाहरु रोकथाम र दोषिलाई कानुनको दायरामा ल्याएर कारबाही गराउन प्रबासमा गठित थुप्रै संघ संगठन ले पनि सक्रियता देखाएनन।स्मरण रहोस केही महिना यता मुम्बई लगायत वरपरका क्षेत्रमा भएका अ्मानबिय घटनाहरुले प्रस्ट्याउछ हामिहरु यो प्रबास मा कति सुरक्षित छौ भनेर यति हुदा पनि यस्ता किसिमका घटनाहरु प्रती कुनै निकायको ध्यान गएको देखिन्न ।यहि अवस्थामा आम नेपालीहरुले कुनै पार्टीगत ब्यक्तिगत रूपमा होईन सामाजिक सेवा मानवीय धर्म र प्रबासमा भै परि आउने नेपालीहरु माथिका समस्याहरुको समाधान को लागि नेपालीहरुमा प्रबासी एकता आजको आवश्यकता अति सान्दर्भिक विषय हो । एकता नै बल र महाबल हो, धन्यवाद ।