नवराज शाही
कुनै पनि देशको स्थानीय निर्वाचनले त्यस देशको विभिन्न दलको हैसियतलाई तल-माथी पारिदिन्छ।नेपालको संविधान जारी भए यता मुलुकको पहिलो पार्टी बन्ने सपना बोकेको ने क पा एमाले नेपाली जनताले आफ्नो मताधिकार मार्फत पहिलो पार्टी नै बनाइदिएका छन्। यद्यपि प्रदेश न,२ को १२७ स्थानीय तहको निर्वाचन हुन बाकी नै छ ,बिश्वास छ त्यहा पनि एमालेलेनै बाजी मार्ने निश्चित छ ।
निर्वाचन सम्पन्न भएका ६१७ स्थानीय तह मध्य धेरै जसो एमालेले बिजय सान्दारका साथ गरेको सबैको सामु प्रष्ट छ । उसले आफुलाइ पहिलो दलको रुपमा साबित गरेको छ भने अरु दलको आँखा बाट खुन, आशु, बगाउन बाध्य बनाइदिएको अवस्था छ र आफ्नो हैसियतलाई उच्च बिन्दुमा विश्राम दिने पक्का – पक्की भैसकेको छ । अर्को रोचक कुरा के छ भने यश निर्वाचनले सत्तामा रहि निर्वाचन आफ्नो दललाइ पहिलो बनाउने छौ भन्ने सपना र मानसिकता बोकेकाहरुलाइ निर्वाचनको नतिजाले गतिलै झापड दिएको आम नेपाली जनतालाइ छर्लङ्ग घाम जतिकै छ । अझै भन्ने हो भने काधमा काध जोडेर मैदानमा उत्रेका दलहरूलाई एउटा जनताले के चाहान्छ्न भन्ने प्रष्ट पारेको छ।
२०४९ सालमा स्थानीय तहमा पहिलो र बहुमत प्राप्त गरेको नेपाली काङ्ग्रेसको घमण्ड यतिबेला स्थानीय तह देखि केन्द्र सम्म स्पष्ट रूपमा देख्न सकिन्छ, र तेहि हालत माओवादी को पनि रह्यो र माओवादीले सायद यस्तै अवस्था रह्यो भने अर्को आउने स्थानीय निर्वाचनको मुख पनि हेर्न पाउला या नपाउला यो समयले बताउने नै छ। जे होस् यो समयले बताउने छ, मैले भन्न खोजेको कुरा के हो भने एमालेले आम जनताको, मन, जित्नु र स्थानीय निकायमा बहुमत प्राप्त गर्नु भनेको के पि ओलिको पालामा ओलिले लिएका देश र जनता प्रतिको अडान मात्रै प्रमुख हो भन्ने होइन, ने क पा एमालेले लिएका अडान जनता जनार्जनका मन मन भित्र एमाले प्रती आकर्षण को केन्द्र बन्यो।
आफ्नो देशको संविधान जारी गर्दा र भुकुम्पले क्षतबिक्षत भएको नेपालीको,मन माथि छिमेकी दानवले चरम नाकाबन्दी लगाइएको सबैलाइ थाहा भएको कुरा हो। हरेक दैनिक उपभोग हुने सामान र पारवहन अधिकारलाई कुल्चेर नेपाली जनताको मन भित्र गहिरो घाउ दिरहेको बेला तत्कालीन प्रधानमन्त्री के पि शर्मा ओलि ले रास्ट्र र जनतालाइ कुनै सन्धि सम्झौतामा बन्धक नबनाइ आफ्नो र हैसियत त्यो राक्षस बिस्तारवादको अगाडी नझुकी उभिनु नै एमालेको जनता प्रतिको आकर्षण हो।
यस्तै गरि इतिहासमा पहिलो पटक छिमेकी रास्ट्र चिन संग गरेका पारवहन, र ब्यापारीक सम्झौता अनि उत्तर तिरका सबै नाकाहरु खोलिने जस्ता रास्ट्रहितका सम्झौताले झनै पपुलर बनाएको हो। यस्तै गरि माओवादी र काङ्ग्रेसको गठबन्धन सरकारले ५ न, प्रदेशलाई टुक्रा पार्ने संविधान संसोधनको प्रस्ताव अगाडी ल्याउदा एमालेले रास्ट्र र जनताको पक्षमा रहि सडक देखि सदनसम्म आवाज उठायो र झनै जन मन भित्र ठाउ ओगटेको हो। यति मात्रै होइन एमालेले उठाएको आन्दोलनमा सामाजिक सुरक्षा भत्ता, बिपन्न घरपरिवार नागरिक र नागरिकको समृद्धिका लागि अगाडि सारेका नारा प्रमुख स्थानीय निर्वाचनको परिणाम हो र निर्वाचनमा ग्रामिण भेग भन्दा शहरीकरणमा बढी जित हासिल गर्यो।
अब ने क पा एमालेका सम्पुर्ण जनप्रतिनिधि हरुले स्थानीय जनताको सेवामा तन, मनले काम गर्नुपर्नेछ, गणतन्त्र कहाँ छ , संघीयता कता छ , भन्नेहरुलाइ स्थानीय जनप्रतिनिधि हरुले काम गरेर देखाएर मुख भरिको जवाफ दिनुपर्छ र यतिबेला जनप्रतिनिधिहरुलाइ मोटरसाइकल ,फोन जस्ता कु सोच गरेमा फेरि ५ बर्ष पछी जनताले पुरानै ठाउम ल्याएर नराख्लान भन्न सकिदैन । दुनियाँमा कुनै त्यस्तो शक्तिशाली चिज छ त त्यो हो जनता ,तेसैले आम निर्वाचित जनप्रतिनिधिको काम हो बिकास स्वच्छ सामाज, भ्रष्टाचारमुक्त सामाज अनि जनताको भावना अनुसार निर्णय गरेमा यो ५ बर्ष त के धेरै बर्ष एमालेको काधमा रास्ट्रय राजनीतिको पहिलो शक्ति नेपाली जनताले बनाइराख्ने छन् ।
जय स्वाभिमान ! लाल सलाम ।
बाँके, नेपालगन्ज
हाल खाडी मुलुक-दोहा(कतार )