
स्वदेशमा बस्न रमाउन घर परिवार अनि समाज संग बसेर दिनचर्या कटाउन कसलाई मन अनि रहर हुदैन होला र ! मन नहुदा हुँदै पनि समय परिस्थिति अनि बाध्यताले जब आफ्नो जन्मभुमी घरपरिवार समाजलाई टाढा राख्दै कानमा दुई जोड कपडा राखेको झोला बोक्दै हिडिन्छ तब राष्ट्र घरपरिवार अनि समाज र जन्मभुमी प्रतिको माया मोह स्नेह र चिन्ता के कति हुदो रहेछ भन्ने कुरो प्रष्ट झल्किन्छ।नेपालमा बेरोजगारी उत्पन्न हुनुको मुख्य कारण नै स्थिर राजनीति तथा पुर्णकार्यकालको सरकार बन्न नसक्नु लगायत जनताले आफ्नो बहुमुल्य भोट दिएर सत्तामा पुर्याएकाहरुले जनताको दुख मर्म समस्या पिडाबारे चासो नदिएर सत्ता बहालीपछि केवल आफू र नाताबाद कृपाबाद गरि आफू र आफ्नालाई मात्र अवसर दिने प्रवृत्तिले आज लाखौ नेपाली युवायुवतीहरु अर्काको देशमा पसिना चुहाएर श्रम बेच्न बाध्य छन् ।नेपालको राजनीति ईतिहासलाई निहाल्ने हो भने विभिन्न आन्दोलन तथा सत्ता फेरबदल धेरै भए राणाशासन पंचाय राजतन्त्र सधैका लागि बिदाई हुँदै देशमा गणतन्त्र र लोकतन्त्र ल्याउन सफल हामी नेपाली जनताहरुका समस्या तथा पिडाहरु भने कहिल्यै अन्तय हुन सकेनन् ।गरिबी बेरोजगारी यातायात खानेपानी स्वास्थ बिधालय लगायतका अन्य थुप्रै समस्याहरु जस्ताका त्यस्तै छन् ।राजनीति खिचातानी कै कारण समृद्ध राष्ट्र लगायत बिकास निर्माणका पुर्वाधार तथा रोजगारीका अवसरहरु पाउन बाट नेपाली युवायुवतीहरु बन्चित हुँदै अर्काको भुमिमा पसिना बेच्न बाध्य छन् ।दस बर्षे माओवादी जनयुद्ध बाट देश नै तहसनहस हुँदै बिकास समृद्धिको हिसाबले करिब १२/१३ बर्ष जति राष्ट्र पछि परेको हाम्रो अगाडि छर्लङ्ग नै छ।लोकतन्त्र र गणतन्त्र बहाली पछि धेरै मेहनत परिश्रमको बाबजुद नेपाली जबताले संबिधान सभा बाटै पाएको संविधान निर्माण पछि बेरोजगार तथा बिदेशको भुमिमा श्रम गरिरहेका लाखौ नेपाली युवायुवतीहरुले स्वदेश मै रोजगारी लगायत अन्य कामको लागि झिनो मसिनो आशा बोके पनि बिडम्बना जति जोगि आए कानै चिरेका भन्ने उखान झै नेपाली जनताका समस्या पीडा दुखहरु ज्युका त्यु रहिरहे।संविधान निर्माण पछि देशका ३ वटै तहमा भएका निर्वाचनमा नेकपाको बाम गठबन्धनले दुई तिहाई नै ल्याउन सफल भयो।तर चुनाव हुनुभन्दा अगाडि बोलिएका भाषण जनतालाई दिएका आश्वासनहरु केवल बोली मै सिमित भएका थिए।एमाले र माओवादी लाई ठुलो बिश्वास गर्दै दुई तिहाईको बहुमत प्राप्त गराउने जनताका दिनहरु आज जस्ताका त्यस्तै छन् तर तिनै जनताको भोट पाएर सत्तामा पुगेकाहरुले गाडी मोटर जोडे घर जोडे धन सम्पत्ति जोडे जागिर जोडे आफ्नो लागि मात्र होईन आफ्ना नातागोताहरुलाई समेत बनाए ।अनि कसरी हट्छ बेरोजगार कसरी बन्छ देश कसरी हुन्छ बिकास र कसरी आउँछ समृद्धि ! नेकपाको दुई तिहाईको बहुमत देश बिकास समृद्धि र बेरोजगारी अन्त्यको लागि थिएन केवल भागबन्डा पद कुर्सी र स्वार्थको लागि मात्र थियो भन्ने कुरो अहिलेको देशको परिस्थितिले पुर्ण रूपमा दर्साएको देखिन्छ ।बिदेश पलायन हुने नेपालीहरुका समस्या बारे बयान गरेर भने साध्य नै छैन।प्रवासिका दुख पीडा समस्या प्रती समाधान गर्न अथवा पहल गर्नको लागि राज्य नै मौन छ।हिजो हाम्रो त्यही ठाउँ बाट जिताएर सत्तामा पुर्याएकाहरु आज भेट हुदा नमस्कार गर्दा पनि टाउको समेत नहल्लाउने फोन गर्दा नउठाउने चिन्दा चिन्दै पनि चिन्न गाह्रो भयो भन्ने ब्यस्त छु समय छैन जस्ता शब्दहरु हिजो चुनावको समयमा जनताको घर दैलोमा दुई हात जोड्दै भोट्को लागि घुम्नेहरुको मुख बाट नै आज यस्तै शब्दहरु सुनिन्छन । तसर्थ देश बिकास गर्छौ देश लाई समृद्ध बनाउने छौ तपाईंहरुका समस्या दुख पिडाहरु समाधान गर्ने छौ बेरोजगारीको अन्त्य गर्ने छौ स्वदेश नै रोजगारीको ब्यबस्था गर्ने छौ भन्दै भोटको लागि मात्र चुनावको समयमा जनताको घर दैलोमा आउने र सत्ता प्राप्त पछि चिन्दैन भन्ने स्वार्थि नेताहरू लाई राम्रो संग चिनौ तसर्थ हाम्रो होईन राम्रोको पहिचान गर्दै अगामी चुनावको लागि योग्य नेता चुनौ र देश समृद्धि अनि बिकासको बाटो लिन अहम भुमिका खेलौ।