१५,मङ्सिर । भारत प्रशासित जम्मुको नगरोटामा सुरक्षाकर्मी र बिद्रोहीबिच भएको भिडन्तमा सात भारतीय सुरक्षाकर्मीको ज्यानगएको छ ।बिद्रोहीले नगरोटामा रहेको सेनाको शिविरमा मंगलबार आक्रमण गरेपछि भिडन्त सुरु भएको थियो ।
भिडन्तको क्रममा भारतीय सेनाका दुई अधिकारी तथा पाँच जवानको ज्यान गएको हो । यस क्रममा तीन जना बिद्रोही पनि मारिएका छन् । बिद्रोही सेनाको शिविरमा प्रवेश गरेर १२सैनिक, दुई महिला तथा दई बालकलाई बन्धक बनाएका थिए ।त्यसपछि भारतीय सेनाले जवाफी कारवाही गरेर बन्धक बनाएका सबैलाई सकुशल उद्धार गरेको थियो ।
बिद्रोही विरुद्धको कारवाही अभियान जारी रहेको र सम्पूर्ण क्षेत्र घेराबन्दी गरिएको भारतीय सेनाका प्रवक्ता कर्नेल मनीष मेहताले बताउनुभएको छ ।सीमा सुरक्षा तथा बिद्रोही विरुद्धको कारवाही अभियानको योजना बनाउने जम्मुबाट १५ किलोमिटर पर रहेको सेनाको १६ कोर मुख्यालयमा आक्रमण भएको हो ।
यस्तै साँबा सेक्टरको अन्तर्राष्ट्रिय सीमामा पनि बिद्रोही र भारतीय सीमा सुरक्षा बल (बिएसएफ) बिच गोली हानाहान भएको छ ।अन्तर्राष्ट्रिय सीमामा भएको गोली हानाहानमा एक जवान घाइते भएका छन् ।
गएको सेप्टेम्बर भारत प्रशासित जम्मु काश्मिरको उडीमा रहेको भारतीय सेनाको एकशिविरमा आक्रमण आक्रमण भएपछि भारत र पाकिस्तानबिच तनाव भइरहेको छ ।