यमनमा जहाज दुर्घटना,६० बपत्ता।

अन्तर्राष्ट्रिय समाचार

२२ मंसिर। समुद्रमा सवार यात्रुवाहक जहाज डुब्दा यमनमा ६० जना बेपता भएका छन्। शनिबार यमनको हाद्रमाउट प्रान्तको अल मुकालादेखि अरब सागरको सोकोत्रा आइल्याण्डका लागि हिँडेको जहाज बुधबार बेपत्ता भएको हो । यमनका सरकारी अधिकारीका अनुसार चार यात्रुको उद्धार गरिएको छ ।
भरतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार व्यावसायिक जहाजद्धारा ती व्यक्तिको उद्धार गरिएको बताइएको छ। मन्त्रालयका अधिकारी फाहद कफाएनले स्पेन र यमनका केही व्यवसायिक जहाजद्धारा उद्धार कार्य जारी राखिएको जानकारी दिए । यमनमा नागरिक युद्ध सुरु भएपछि हाद्रमाउटबाट सोकोत्रा आइल्याण्ड जाने हवाई उडान बन्द गरिएको थियो । त्यस ठाउँमा यात्रा गर्नेहरुले यस्तै कार्गो जहाजबाट यात्रा गर्नुपर्ने हुन्छ।
सरकारी अधिकारी फहद कफाएनका अनुसार जहाजमा यात्रुहरुसँगै १२ वटा साना डुंगासमेत थिए। यी डुंगाहरु सोकोत्राका माझीहरुका लागी उपहारका रुपमा लगिँदै थियो।

Post Comment