टर्कीको फुटबल स्टेडियन नजिकै बमबारीः २९ को निधन।

अन्तर्राष्ट्रिय समाचार

२६मंसिर। टर्कीको इस्तानबुलमा भएको बमबारीमा कम्तीमा पनि २९ को मृत्यृ भएको छ। मृत्यृ हुनेमा धेरैजसो पुलिस अधिकारी भएको बीबीसीले बताएको छ । रिपोर्टका अनुसार १६० भन्दा बढी घाइते भएका छन्।
प्हिलो बमबारी बल एक फुटल स्टेडियम बाहिर रहेको एक पुलिस बसलाई निशाना बनाएर गरिएको थियो। यो घटना टर्कीका दुई चर्चित फुटबल समुहबिच भएको खेलको एक घण्टापछि भएको हो । त्यसको केही समयपछि नजिकैको एक पार्कमा एक आत्मघाती बम बिस्फोट भएको थियो। दोस्रो घटना पछि गोलाबारीको आवाज सूनिएको थियो।
टर्कीको गृहमन्त्रालयकका अनुसार यी घटनामा संलग्न भएको आशंकामा १० जनालाई पक्राउ गरिएको छ। इस्तानबुलमा रहेका बीबीसी संवाददाता मार्क लोवेनका अनुसार यी हमलाका लागी कुर्दिश सैनिक र कथित स्लामिक स्टेट (आइएस) रहेको बताइएको छ।

Post Comment