सिरियाको अलेप्पोमा सैन्य कारवाही रोकिएको रुसको भनाइ।

अन्तर्राष्ट्रिय समाचार

मंसिर २९। सिरियाको अलेप्पोको पूर्वी क्षेत्रमा सैन्य कारवाही राोकिएको संयुक्त राष्ट्रसंघका निम्ति रुसी राजदुत भिटाली चुर्किनले जनाएका छन्। र सरकारी सेनाले त्यस ठाउँमा नियन्त्रण कायम गरेको विद्रोही लडाकु त्यो ठाउँ छोड्न तयार भएकाले सैन्य कारबाही अन्त्य गरिएको हो।
विद्रोही पक्षले पनि आफुहरु अलेप्पोको पूर्वी क्षेत्र छोड्न सहमत भएको पुष्टि गरेका छन्। तर सर्वसाधारण नागरिकलाई पनि वाहिर जान अनुमति दिनुपर्ने उनिहरुको माग छ। यो सहमतिले चार बर्षदेखि त्यहाँ जारी डरलग्दो द्धन्द्ध अन्त्य हुने आशा गरिएको छ। यस क्रममा हजारौँ मानिसको ज्यान गइसकेको छ। सिरियाको सरकारी सेनाले रुसी हवाई सेनाको सहयोगमा विद्रोही विरुद्ध आक्रमण गर्दै आएको थियो।
संयुक्त राष्ट्रसंघले अलेप्पोका बासिन्दामाथि बर्बरताको अवस्था रहेको र त्यसको जिम्मेवार सरकारी सेना र उसलाई सहयोग गर्ने पक्ष हुने बताए लगतै सैन्य कारवाही अन्त्य भएको कुरा वाहिर आएको हो। संयुक्त राष्ट्रसंघ र अमेरिकाले अलेप्पोमा भएको बर्बरताको जिम्मेवार सिरिया सरकार तथा उसलाई सहयोग गर्ने रुसी र इरान रहेको बताएका छन्। तर रुसले भने आरोप असत्य रहेको बताउँदै आएको छ।
विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी अलेप्पोको सानो क्षेत्रमा फसेका मानिसले भावुक सन्देश छोडेका छन्। सिरियाली सेनाको तीब्र बमबारीका बिच त्यहाँका नागरिकले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गरेका छन्। लिना शमी नामकी एक महिलाले लेखन्नुभएको छ ‘पुरै विश्का मानिस,नसुत्तनु। तपाईहरु केही गर्न सक्नुहुन्छ,प्रदर्शन गर्नुस। तर यो नरशंहारलाई रोक्नुहोस्।’भिडियो सन्देशमा उहाँले राष्ट्रपति बसर अल असदको तानाशाहको विरोधमा रहेका ५० हजार भन्दा धैरै मानिस नरशंहारको खतरामा रहेको बताउनुभएको छ। उहाँ जस्तै अरु धेरैले मानवीयताकोरक्षका लागि आहन गरेका छन्।

Post Comment