काठमाण्डौं भदौ २१ । माओवादी विभाजन र एकताको श्रृखला चलिरहेकै बेला माओवादीको प्रमुख दुई धार मुख्य सहतमा चर्चाको विषय बनिरहेको छ ।
एक धार सत्ताधारी माओवादी र अर्को धार विद्रोही माओवादी अर्थात पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्तारुढ माओवादी केन्द्र र सत्ता तथा संसदमा नरहेर क्रान्तिको कुरा गरीरहेको नेत्र विक्रम चन्द ( विप्लव ) नेतृत्वको नेकपा माओवादी ।
त्यस बाहेक माओवादी राजनीतिबाट अलग्गिएका बाबुराम भट्टराई र जनयुद्धकै कुरा गरीरहे पनि बादल समुहले छाडे पछि कमजोर बनेका मोहन वैद्यको कमै चर्चा हुने गरेको छ ।
एउटै युद्धको पृष्टभूमिबाट पैदा भएका माओवादीको विभिन्न धारा मध्य अहिले चूनौतीको रुपमा सत्ता र अन्य पक्षबाट हेरिएको विप्लव माओवादीले हतियार उठाउन सक्ने भन्दै अन्य माओवादी र पक्षभित्र चर्चा भईरहने गरेको छ ।
यस्तोमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विप्वल विरुद्ध कुनै पनि उत्तेजनात्मक अभिव्यक्ति नदिन नेताहरुलाई भन्ने गरेको नाम नबताउने एक नेताले जानकारी दिए ।
उच्च स्रोतका अनुसार माओवादी एकता मध्य प्रचण्डले सबै भन्दा बढी महत्व विप्लवलाई यस अघि दिएका थिए । केही चरणमा विप्लवसग‘ छलफल समेत गरेको बताईएको थियो । विप्लव विरुद्ध मौन रहने प्रचण्डको नीतिले के संकेत दिन खोजेको हो बुझ्न नसकिएको सो पार्टीकै केही नेताको तर्क छ ।