चीनले देखाउदैछ आफ्नो शक्ति ।

अन्तर्राष्ट्रिय समाचार

१४ पौष। अमेरिकाका नवनिवर्नचित राष्ट्रपति डोनाल्ड ट्रम्प संसारका सबैभन्दा शक्तिशाली देशका राष्ट्रपति हुन। उनको मनोबल तोड्नका लागी चीन लगातार आफनो नयाँ हतियार संसारसामु पेश गदैछ। यससँगै दक्षिण चीन सागरमा एयरक्राफ्ट क्यारियर पठाउनु होस् वा नयाँ लडाकू विमान,चीनीयाँ सेना लगातार आफ्नो नयाँ उपकरणमा संसारसामु सार्वजनिक गरिरहेको छ। स्मरण रहोस, ट्रम्पका कारण नै ताइवान र चीनबिच पछिल्लो केहि समयदेखि तनाव बढिरहेको छ।
यस्तो अवस्थामा जानकारका अनुसार चीन हतियारको क्षेत्रमा आफ्नो शक्ति बनाइ राखन्का लागी यस्तो शक्ति प्रदर्शन गरिरहेको छ। अमेरिका र ताइवान पछिल्लो समय नजिकिएका कारण चीनले आफ्नो हिस्सा मान्ने चीन ताइवान अमेरिकासँग नजिकिएपछि रुष्ट भएको छ।
केहि दिन अघि चीनले आफ्नो एउटै एयरक्राफ्ट क्यारियर लियाउनीलाई प्रशान्त महासागरमा पहिलो पटक पठायो। यस्तै, चीनले नयाँ लडाकू विमान एफसी–३१ ले पनि पहिलो पटक उडान भर्यो। चीनले यो शक्तिको प्रर्दशन डोनाल्ड ट्रम्पले ४ दशक पुरानो अमेरिकी नीति विरुद्ध गएपछि सुरु गरेको हो। ट्रम्पले अमेरिकी नीतिविरुद्ध ताइवानका राष्ट्रपतिसँग फोनमा कुराकानी गरेका थिए।

Post Comment