२०,पुस । राष्ट्रको उच्च पदमा पुग्नका लागि राजनीतिक दलको उच्च तहको नेता नै हुनुपर्छ । दक्षिण एसियासहित विश्वका धेरैदेशमा यस्तै प्रचलन छ । तर हाइटीमा भने एक जना केरा ब्यापारी राष्ट्रपति बनेका छन् ।
केरा व्यापारी ४८ बर्षीय जोमेनेल मोइजेलाई आधिकारिक रुपमा हाइटीको राष्ट्रपति निर्वाचित भएको घोषणा गरिएको छ । वीवीसीका अनुसार उनले कुल मतमध्ये ५५. ६ प्रतिशत प्राप्त गरेका छन् । यो उनका निकटतम प्रतिद्वन्द्वी जुडे सेलिस्टनको भन्दा तेब्बर बढी मत हो ।
सेलिस्टनले १९.५ प्रतिशत मात्र मत ल्याएका थिए ।यसअघि भएको चुनाव धाँधली भएको आरोप लागेपछि रद्द गरिएको थियो । गत फेबुु्रअरी देखि अन्तरिम राष्ट्रपतिबाट देश चलिरहेको छ ।