रोमानियामा शक्तिशाली आँधी, ८ जनाको मृत्यु

रोमानियामा शक्तिशाली आँधी, ८ जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार

रोमानियामा आएको शक्तिशाली आँधीमा परेर ८ जनाको मृत्यु भएको छ । आँधीका कारण ६७ जना घाइते भएका छन् ।

प्रतिघण्टा एक सय किलोमिटरको दरले आएको आँधीले रोमानियाको तिमीसोएरा शहर बढी प्रभावित भएको छ ।

आँधीले अधिकांश घरका छाना उडाउनुका साथै सडकमा रुख ढलेका कारण यातायात सेवा अवरुद्ध भएको छ ।

खानेपानीको लाइन काटिएको छ भने विद्युत् आपूर्ति पनि अबरुद्ध बनेको छ ।

आँधी बिस्तारै युक्रेनतर्फ सर्दै गएको मौसमविद्हरुले बताएका छन् । आँधी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

Post Comment