अमेरिकालाई चीनको कडा चेतावनी

अमेरिकालाई चीनको कडा चेतावनी
अन्तर्राष्ट्रिय समाचार

यो साता एक अमेरिकी समुन्द्री जहाजले चीनको दावी रहेको दक्षिण चीन सागरको विवादास्पद समुन्द्री बगर नजिकैबाट जलयात्रा गरेको अमेरिकी अधिकारीले बताएका छन् । यता बेइजिङ्गले यसको विरोध गर्दै आवश्यक कदम चाल्ने चेतावनी दिएको छ ।

चीनको विदेश मन्त्रालयले ‘यु.एस.एस.हुपर मिसाइल विनासक’ हुएङयान टापुको १२ समुन्द्री माइलभित्र प्रवेश गरेको बताएको छ । स्कारबोरो बगर पनि भनिने सो क्षेत्रमा फिलिपिन्सको पनि दावी रहेको छ ।

दक्षिण चीन सागरमा चीनको वृहद दाबीलाई अमेरिकी जलसेनाले चुनौती दिन खोजेको जस्तो देखिन्छ । तर डोनाल्ड ट्रम्प प्रसाशनले उत्तर कोरियाको मिसाइल र आणविक कार्यक्रमको सामना गर्न चीनसँगको सहकार्य खोजिरहेको बेला पछिल्लो यो अवस्था विकसित भएको हो।

दुई अमेरिकी अधिकारीले ‘यु.एस.एस.हुपर’ स्कारबोरो बगर को १२ समुन्द्री माइल भित्र यात्रा गरेको प्रमाणित गरे । पेन्टागनले यसबारे स्पष्ट प्रतिक्रिया नदिए पनि यस्तो काम कारबाही आफ्नो नियमित कार्यमा पर्ने जनाएको छ ।

Post Comment