अमेरिका मानवजातिको शत्रु : उत्तर कोरिया

अमेरिका मानवजातिको शत्रु : उत्तर कोरिया
अन्तर्राष्ट्रिय समाचार

उत्तर कोरियाले अमेरिकालाई मानवजातिको घोषित शत्रु भनी घोषित गरेको छ । अनि दक्षिण कोरियाले किम जोङ–उनको गैरआणविकीकरण अफरमाथि आशावादी हुनु हतारो हुने बताएको छ ।

प्योङयाङको रोदोङ समाचारपत्रले अमेरिकामाथि आरोप लगाउँदै उसले पृथ्वीलाई अर्को डरलाग्दो आणविक क्षतितर्फ धकेलेको अनि विश्वको शान्ति र सुरक्षा ध्वस्त पारेको लेखेको छ ।

उता दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले उत्तरको गैरआणविकीकरण वार्तामा सतर्कता अपनाउनुपर्ने बताएका छन् ।

मूनले आशावादी भइहाल्नु हतारो हुने बताए जबकि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यो विकसित घटनाक्रमलाई स्वागत गरे ।

प्योङयाङले अमेरिकासँग कुराकानी गर्न चाहेको अनि आफ्नो सुरक्षाको प्रत्याभूति गरिएमा आणविक हतियार नचाहिने घोषणा गरेकोलाई सकारात्मक भनी ट्रम्पले टिप्पणी गरेका छन् ।

Post Comment