चीनको औद्योगिक क्षेत्रमा विस्फोट, १९ जनाको मृत्यु

चीनको  औद्योगिक क्षेत्रमा विस्फोट, १९ जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार

चीनको दक्षिणपश्चिम प्रान्तको एक औद्योगिक क्षेत्रमा भएको विस्फोटमा १९ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

चीनको समाचार संस्था सिन्ह्वाले यो जानकारी दिएको हो । यो विस्फोट सिचुआन प्रान्तको यिबिन शहरका रहेको हेङदा टेक्नोलोजी कम्पनीको रासायनिक संयन्त्रमा भएको हो ।

विस्फोट हिजो साँझ भएको थियो ।

विस्फोटपछि लागेको आगो आज बिहान निभाइयो । घाइतेहरूको स्वास्थ्य अवस्था स्थिर छ ।

चीनमा औद्योगिक सुरक्षा स्थितिमा सुधारका लगातार प्रयास गरिएको भएपनि ज्यान जाने गरी दुर्घटनाहरू प्रायः हुने गरेका छन् ।

Post Comment