पोखरा, १३ पुस । चीनका कलाकारको चित्रकला यहाँ यही पुस १४ देखि १८ गते पोखरा आर्ट ग्यालरी महेन्द्रपुलमा प्रदर्शनी गरिने भएको छ ।
पोखरा उपमहानगरपालिकाको आग्रहमा चीनको ग्वाङ्जाओ नगरको ग्वाङ्जाओ चित्रकला एकेडेमीले चित्रकला प्रदर्शनी गर्न लागेको हो । प्रदर्शनीमा राखिने चित्रकलाबाट चीनको केन्टोनिज र लिङ्गन संस्कृतिको झलक पाइने नेपाल–चीन जनमैत्री सङ्घका अध्यक्ष विश्वशङ्कर पलिखेले बताउनुभयो । रासस