मोदी सरकारविरुद्ध अविश्वास प्रस्ताव

मोदी सरकारविरुद्ध अविश्वास प्रस्ताव
अन्तर्राष्ट्रिय समाचार

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको केन्द्रीय सरकारविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि लोकसभामा चर्चा सुरु भएको छ ।

मोदी सरकारको चार वर्षे कार्यकालमा यो पहिलो अविश्वास प्रस्ताव हो । अविश्वास प्रस्तावमाथि दिनभर बहस हुनेछ र पछि मतदान हुनेछ ।

लोकसभा बहस सुरु हुनुभन्दा अगाडि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा आज संसदीय लोकतन्त्रका लागि एक महत्वपूर्ण दिन हो । मलाई विश्वास छ कि मेरा सांसद साथीहरु यो मौकामा रचनात्मक, व्यापक र व्यवधानरहित बहसमा सहभागी हुनेछन् । भारतले हामीलाई नजिकबाट नियालिरहेको छ ।

११ बजेबाट सुरु भएको बहसमा सभामुख सुमित्रा महाजनले मतदान छ बजे हुने र आज हामी खाजा पनि खाँदैनौ भनेकी थिइन् ।

बहस सुरु हुनेवित्तिकै कांग्रेस नेता मल्लिकार्जुन खडगेले यति महत्वपूर्ण प्रस्ताव पाँच घण्टामा बहस गरेर सकिएला भन्दै प्रश्न गरेका थिए । बहसको समयसिमा तय हुने पर्ने माग गरेका थिए । सभामुखले मागलाई ध्यानमा राखिने तर समय सीमा तोक्न नसकिने जवाफ दिएकी थिइन् ।

बहसका क्रममा कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्रीको खुलेर आलोचना गरेका छन् । प्रधानमन्त्रीले विदेशमात्र भ्रमण गरेको, गरिबीको मनमा बस्न नसकेको र व्यापारीलाई पोसेको भन्दै आलोचना गरेका थिए । प्रधानमन्त्रीको पछि १५–२० जना सुटबुट धारी व्यक्तिमात्र भएको आरोप लगाएका थिए ।

नेता गान्धीको आलोचना झुट भएको भन्दै केन्द्रीय मन्त्री अनन्तकुमारले प्रश्न उठाएका थिए । तर, नेता गान्धीले भने, ‘ पुरै देशले देखेको छ । मैले सबै सहि बोलेको हुँ । प्रधानमन्त्री मैले बोल्दा मेरो आँखामा आँखा जुधाएर हेर्न सक्नु भएको छैन । कहिले यता, कहिले उता हेरेर बसिरहेका थिए ।’ उनले प्रधानमन्त्री चौकीदार होइन , भागीदार भएको आरोप लगाएका थिए ।

सभामुख महाजनले आरोप लगाउन पाइन्छ । तर, विना प्रमाण आरोप नलगाउनुहोला । साथै, शब्द चयन र भाषा पनि शिष्ट बनाउन रुलिगं गरेकी थिइन ।
मन्त्री अनन्त कुमारले जसले जे भनिरहेको छ, त्यसको सबुत भए सदनमा पेश गर्न आव्हान गरे । होइन भने अन्ट सन्ट गाली गर्न पाइँदैन भन्दै झोक्किएका थिए । त्यसलगत्तै लोकसभा १० मिनेट स्थगन भएको थियो ।

सुरुवात हुने वित्तिकै राहुल गान्धीले महिला सुरक्षाका विषयमा कुरा उठाए । उनले भने, ‘मान्छे मरिरहेको छ । पिटिरहेका छन् । मिल्काइरहेका छन् । तर, प्रधानमन्त्रीको मुखबाट एक शब्द निस्कदैन ।’

भाषणको अन्त्यमा गान्धीले भने, ‘मेरो मनमा भएको भडास पोखेको हुँ । किनकी म कांग्रेस हुँ ।’

नेता गान्धीले भाषण सकेपछि प्रधानमन्त्रीलाई अंगालो मारेर बिदा भए ।

लोकसभामा पाँच सय ३४ सांसद छन् । बहुमतको लागि २६८ सांसद चाहिन्छ । लोकसभा सभामूख सुमित्रा महाजनसमेत गरेर भारतिय जनता पार्टी(भाजपा) कुल २७४ सांसद छन् । भाजपालाई रामविलास पासवानाको पार्टी लोक जनशक्तिको ६ सांसद र शिरोमणि अकालीको चार जनाको समर्थन रहेको छ ।

कांग्रेस युपिए ६३, तृणमुल कांग्रेस ३४ र तेलेगु कांग्रेसको १६ संसदको समर्थन रहेको छ ।

केन्द्र सरकार ढुक्क छ कि, बहुमत आफ्नै पोल्टामा छ ।

Post Comment