भारतमा एकैदिन १०४३ को मृत्यु

भारतमा एकैदिन १०४३ को मृत्यु
अन्तर्राष्ट्रिय समाचार

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा बिहिबार जारी गरेको हेल्थ बुलेटिनका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका ८३ हजार ८ सय ८३ नयाँ संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोरोनाको कूल संक्रमितको संख्या ३८ लाख नाघेको छ । यो एकैदिन भेटिएका नयाँ संक्रमितमा देखिएको रेकर्ड स्तरको वृद्धि हो ।

साथै, बुलेटिनका अनुसार यहाँ पछिल्लो २४ घण्टामा १ हजार ४३ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ जसका कारण भारतमा यो महामारीका कारण ज्यान गुमाउनेको संख्या ६७ हजार ३ सय ७६ रहेको छ ।

मन्त्रालयका अनुसार कूल ३८ लाख संक्रमितमध्ये करिब ८ लाख १५ हजार सक्रिय संक्रमित छन् ।

यस्तै लगभग ३० लाख मानिसहरु संक्रमणपछि पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन् ।

महाराष्ट्रमा हाल सर्वाधिक दुई लाख दुई हजार कोरोनाका सक्रिय बिरामी छन् ।

बुधबार स्वास्थ्य मन्त्रालयले भारतमा कोभिडका कारण हुने मृत्युदर निकै कम भएको बताएको छ । मन्त्रालयका अनुसार भारतमा प्रति १० लाख व्यक्तिमध्ये ४८ जनाको कोभिडका कारण मृत्यु भएको छ । जबकी अन्तरराष्ट्रिय स्तरमा औसत प्रति दस लाख व्यक्तिमा ११० व्यक्तिको मृत्यु हुने गरेको छ ।

स्रोतः बीबीसी

Post Comment