विगत १७ वर्षदेखि फिल्म निर्माण गर्दै आएकी कृषाले ‘इन्साफ’, ‘के म तिम्रो साथी बन्न सक्छु’, ‘कसम हजुरको’ लगायतका फिल्म बनाइ सकेकी छिन् । यी सबै फिल्मबाट आफूलाई घाटा भने नभएको कृषाको दाबी छ ।झण्डै दुई वर्षको अध्ययनपछि कृषाले ‘पलाँस’ निर्माण गरेकी हुन् । ‘पलाँस’लाई फागुनको अन्तिमसातातिर रिलिजको तयारीमा कृषा छिन् ।फिल्मका निर्देशक सुवास कोइरालाले ‘पलाँस’मा जीवन भरेका हुन् ।संगीतकार अर्जुन पोखरेल र प्रदीप बास्तोला हुन् । पुरुष गायकको मात्रै स्वर रहेको ‘पलाँस’मा सुगम पोखरेल र युवराज चौलागाइँले गाएका छन् । फिल्मका द्वन्द्व निर्देशक सानुकुमार महर्जन हुन् । ‘पलाँस’लाई वितरणको जिम्मेवारी गोविन्द शाहीले लिएका छन् । फिल्ममा अभिनेत्री रेखा थापा, कामेश्वर चौरसिया, आयुर के.सी.लगायतको अभिनय छ ।
‘पलाँस’ निर्माण गर्ने साइत कसरी जुर्यो त ?
एउटा कार्यक्रमका लागि गाउँमा गएको थिएँ । एउटी महिलाको बास्तविक जीवन आफैले देखे । त्यसपछि फिल्म बनाउने योजना बन्यो ।
कति दिनमा शूटिङ सकियो ?
फिल्मको शूटिङ ३२ दिनमै सक्किएको थियो ।
फिल्मको कथाबस्तु के हो ?
साधारण गाउँ र ठूलो शहरको विषयलाई कथा बनाइएको समाजलाई केही सन्देश दिने खालको कथावस्तु ‘पलाँस’ले बोकेको छ ।
फिल्म ‘पलाँस’ चल्ने आधार के छ ?
‘छक्कापञ्जा’, ‘जात्रा’ जस्ता फिल्महरूलाई दर्शकले मन पराइदिनुभएको छ । अहिले नेपाली फिल्महरू राम्रा पनि बनेका छन् । मेरो फिल्म पनि चल्छ । ‘पलाँस’ले राम्रो व्यापार गर्छ । बास्तविक कथावस्तु र मानव तस्करी कसरी हुन्छ भन्ने विषय उठाइएको छ ।’
तपाई आफै पनि यति सुन्दर हुुनुहुन्छ किन नायिका भएर नखेलेको ?
म फिल्म मेकर हुँ । राम्रो फिल्म मेकर बन्न चाहन्छु । आफैले लगानी गरेको फिल्म खेल्ने त कुरै आउँदैन ।